नवलपरासी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पैंतीस जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख १०९६ नम्बरको बस बुधबार बिहान जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४