बुधबार, मंसिर १२, २०८१

सन्दर्भ: गणेशमान सिंहको पुण्यतिथि
Siddartha premir insuranceSiddartha premir insurance

गणेशमानका किस्साहरु: बहिदारको नोकरीदेखि हजार कोर्रासम्म

फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, लौह पुरुषजस्ता उपाधिबाट विभूषित गणेशमानले प्रजातन्त्रका लागि राणा खलक, पञ्चायती राजाहरुलाई चुनौती दिने आँट गर्थे।
 |  मंगलबार, असोज २, २०८०
nespernesper

गोकुल अर्याल

गोकुल अर्याल

मंगलबार, असोज २, २०८०

काठमाडौं- नेपालको राजनीतिमा कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइरालालाई महामानव तथा युगपुरुषको उपनामले पुकारिएजस्तै गणेशमान सिंह सर्वोच्च नेता तथा लौहपुरुषको उपनामले चिनिन्छन्। बीपी कोइरालाको पारिवारिक नाम सान्दाजु भएजस्तै गणेशमान सिंहको पारिवारिक नाम हीराकाजी थियो। यिनै हिराकाजीलाई सम्झिएर आज (२ असोज) कांग्रेसले २६औं स्मृति दिवस मनाइरहेको छ।

triton college

२४ कात्तिक १९७२ मा काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २ असोज २०५४ मा भएको हो। काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमानले १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासनविरुद्धको अभियानमा आफूलाई सक्रिय बनाएका थिए। राणा शासन, पञ्चायती राजतन्त्रात्मक शासन व्यवस्था उखेल्न कांग्रेसमा गणेशमानको योगदान बीपीपछि महत्त्वपूर्ण रहेको थियो। राजनीतिक इमानका खम्बा गणेशमान सत्ताका भोका थिएनन्। उनले राणाकाल, २०४६ पनि राजा वीरेन्द्रबाट प्रधानमन्त्रीका लागि आएको अफर अस्वीकारेका थिए।

फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, लौह पुरुषजस्ता उपाधिबाट विभूषित गणेशमानले नेपालमा प्रजातन्त्र ल्याउने आन्दोलनमा सहभागी भएको बात लगाएर राणा शासकले थुने पनि ‘जेलब्रेक गरेर बहादुरी देखाएको इतिहास छ।
गणेशमानलाई हिराकाजी भनिने गरेको प्रसंग पनि रोचक छ। जेठा दाजु मातृकाप्रसाद कोइरालालाई ठूल्दाजु भनिएकाले भाइ बीपीलाई सान्दाजु भनिएझैं गणेशमानका जेठा बाजे रत्नमानसिंह बडाकाजी भएकाले जेठा नाति (गणेशमान)लाई बडाकाजी परिवारको महत्त्वपूर्ण खम्बा ठानेर हीरा भन्ने गरिएको हो। बडाकाजी परिवारमा जन्मेकाले काजी पुकार्दा गर्दा गणेशमानलाई हीराकाजी भन्ने गरिएको इतिहासमा उल्लेख छ।

बीपी र गणेशमानको जन्मान्तर पनि खासै टाढा छैन। बीपी २४ भदौ १९७१ मा जन्मिएका थिए भने गणेशमान १४ महिनापछि २४ कात्तिक १९७२ मा जन्मिएका हुन्। बीपीको समय कांग्रेसको रथलाई अगाडि बढाउन गणेशमानको अडान चट्टानी हुने गरेको थियो। बीपी-गणेशमानकै कारण बनारसमा जन्मिएको कांग्रेसले २००७ मा नेपालबाट १०४ वर्षसम्मको एकतन्त्रीय राणा खलकको शासनलाई अन्त्य गरेर  प्रजातन्त्र स्थापना गर्न सफल भएको ठानिन्छ।

गणेशमान-बीपीकै प्रयासबाट २०१५ को पहिलो आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएर सरकार गठन गर्न सकेको हो। बीपीको निधनपछि गणेशमानकै बाटोमा हिँडेको कांग्रेसले २०४८ को दोस्रो आमनिवार्चनमा पनि बहुमत ल्याएको थियो।

Metro Mart
vianet

न्यायाधीश हरिशमशेर राणालाई महाराजा भनेर सम्बोधन गर्नुको सट्टा तँ भन्ने शब्द प्रयोग गरेकाले १ हजार पटक बेतको लठ्ठीले हिर्काउने सजाय दिएका थिए। ६ सय पटकसम्म हिर्काउँदा गणेशमानले सहेछन्। त्यसपछि मुर्छा परेछन्। त्यतिबेलैदेखि गणेशमानलाई लौह पुरुष भनिएको रहेछ।

बाबुआमाको 'लाडप्यार'मा हुर्किन नपाएका गणेशमान पिता ज्ञानमान सिंहको २८ वर्षको उमेरमा निधन हुँदा ८ वर्षका मात्रै थिए। त्यतिबेला गणेशमानकी आमाको उमेर २४ मात्रै थियो। खानदानी खलक र राणा परिवारसँग निकट रहेकै कारण रानीपोखरीमा खुलाइएको दरबार स्कुलमा राणाका छोराछोरीलाई मात्र पढ्न पाउने व्यवस्था थियो। सर्वसाधारणका छोराछोरीले पढेर आफ्नो शासन ढालिदिन्छन् भन्ने त्रासमै रहेका कारण राणाहरुले विद्यालय सञ्चालन गर्न दिँदैनथे।

तर, गणेशमान भाग्यमानी थिए। काजी रत्नमानका नाति, सुब्बा ज्ञानमानका छोरा भएकै कारण दरबार स्कुलका ढोका गणेशमानका लागि खुलै थिए। तर, ६ कक्षामा पढ्दै गरेको समय सहपाठी राणाको छोरालाई तँ–तँ र म–म भन्दै कुटिदिएपछि आफूलाई निष्कासित गरिएको प्रसंग गणेशमानलाई बुझाएर लेखिएको कृति ‘मेरा कथाका पानाहरु–गणेशमान सिंह’ मा उल्लेख छ। आफूलाई स्कुलबाट निष्कासित गरेपछि गणेशमानमा राणा शासन फाल्नुपर्ने धारणा उब्जिएको रहेछ। ‘मेरा कथाका पानाहरु–गणेशमान सिंह’ मा उल्लेख भएअनुसार पिताको मृत्युपछि टुहुरो भएका गणेशमान स्कुलबाट पनि निष्कासित भएकाले बरालिएर हिँड्न थाले। त्यसपछि बाजे काजी रत्नमानले भनसुन गरेर कमान्डर–इन–चिफ रुद्रशमशेर राणाको दरबारमा रहेको मुलुकी अड्डामा बहिदारको नोकरी लगाइदिएका थिए।

तिनताका काठमाडौंमा हुनेखानेले मात्र साइकल चढ्न पाउँथे। साइकलमा घन्टी र बत्ती अनिवार्य थियो। एक दिन गणेशमान घन्टी र बत्ती दुवै नभएको साइकल चढेर अफिस गए। यो देखेपछि अफिसको ढोकामा बसेका सुरक्षाकर्मीले रोके। यस क्रममा दुवैबीच भनाभन मात्र नभई कुटाकुटै भयो। यसको उजुरी दरबारमा पुग्यो र महाराज पद्मशमशेरले गणेशमानको साइकल उनैलाई फिर्ता गरिदिने र सुरक्षाकर्मीलाई हातपात गरेबापत चार पटक कान समातेर उठबस गर्ने सजाय सुनाएको प्रसंग पनि ‘मेरो कथाका पानाहरु–गणेशमान सिंह’मा लेखिएको छ।

यही विषयलाई अड्को थापेर पद्मशमशेरले गणेशमानको नोकरी खाइदिएका रहेछन्। राणा खलकप्रति आगो हुँदै गएका गणेशमानहरुले २० जेठ १९९३ मा  एकतन्त्रीय शासन अन्त्य गरी प्रजातन्त्र ल्याइछाड्ने प्रणसहित गोप्य रूपमा काठमाडौंको ओमबहाल टोलका धर्मभक्त माथेमाको घरमा प्रजा परिषद् स्थापना गरेका थिए। यसका संस्थापक सदस्यमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, दशरथ चन्द, जीवराज शर्मा र रामहरि शर्मा थिए। १८ भदौ १९९७ देखि संगठनका अध्यक्ष टंकप्रसाद आचार्य भएका थिए।

काजी रत्नमानका नाति, सुब्बा ज्ञानमानका छोरा भएकै कारण राणाकालमा दरबार स्कुलका ढोका गणेशमानका लागि खुलै थिए। तर, ६ कक्षामा पढ्दै गरेको समय सहपाठी राणाको छोरा कुटेपछि निष्कासनमा परेसँगै उनमा राणा शासन फाल्नुपर्ने धारणा उब्जिएको रहेछ।

प्रजा परिषद्मा सक्रिय भई नेपालबाट राणा शासन अन्त्य गरेर प्रजातन्त्र स्थापना गर्ने अभियानमा गणेशमानले पढाइसमेत चटक्कै छाडेका थिए। भारतको कलकत्तामा आइएससी अध्ययन गर्दै रहेका उनले पढाइ छाडेर काठमाडौं फर्किएका थिए। गणेशमान २४ वर्षको उमेरमै १९९६ देखि नेपाल प्रजा परिषद्को सदस्य भई राजनीतिमा सक्रिय भएका थिए। राणाविरोधी आन्दोलनमा लागेकै कारण गणेशमानलाई १९९७ मा सर्वस्वसहित आजीवन कारावासको सजाय तोकिएको थियो।

लौह पुरुष गणेशमानले ४ वर्ष जेल जीवन बिताएका थिए। ७ असार २००१ मा १२ फिट अग्लो भद्रगोल जेलको पर्खाल नाघेर भाग्न सफल भएपछि गणेशमानको चर्चा झनै चुलिएको प्रसंग लेखक एवं साहित्यकार जीवनाथ धमलालिखित ‘नेपाली प्रजातान्त्रिक आन्दोलनमा लौह पुरुष गणेशमान सिंहः जीवन, संघर्ष र राजनीति’ मा उल्लेख छ।

गणेशमान सिंहसँगै जेल सजाय पाएका प्रजा परिषद्का सदस्य गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालाई राणाहरुले आफ्नो शासनमाथि चुनौती दिएको बात लगाई गोली हानेर, रुखमा झुन्ड्याएर मृत्युदण्डको सजाय दिए। टंकप्रसाद आचार्य, रामहरि शर्मा  ब्राह्मण भएकाले र गणेशमान काजी रत्नमानका सन्तान भएकाले मृत्युदण्डबाट जोगिएको प्रसंग पनि सोही पुस्तकमा समेटिएको छ।

काजी रत्नमानका नाति, सुब्बा ज्ञानमानका छोरा भएकै कारण राणाकालमा दरबार स्कुलका ढोका गणेशमानका लागि खुलै थिए। तर, ६ कक्षामा पढ्दै गरेको समय सहपाठी राणाको छोरा कुटेपछि निष्कासनमा परेसँगै उनमा राणा शासन फाल्नुपर्ने धारणा उब्जिएको रहेछ।

गणेशमानबारे अर्को प्रसंग पनि रोचक लाग्छ। नेपालमा प्रजातन्त्र स्थापना गर्न बनारसमा जन्मिएको नेपाली कांग्रेसमा प्रजा परिषद्का सदस्य पनि आबद्ध भई क्रान्ति गर्न थाले। क्रान्ति गर्ने क्रममा तराईका विभिन्न भागमा अभियान चलाइरहेका गणेशमानलाई २००६-२००७ तिर ठोरी जंगलबाट पक्रेर ल्याई राणा सरकारले केरकार गर्न लाग्दा न्यायाधीश हरिशमशेर राणालाई महाराजा भनेर सम्बोधन गर्नुको सट्टा तँ भन्ने शब्द प्रयोग गरेकाले १ हजार पटक बेतको लठ्ठीले हिर्काउने सजाय दिएका थिए। ६ सय पटकसम्म हिर्काउँदा गणेशमानले सहेछन्। त्यसपछि मुर्छा परेछन्। त्यतिबेलैदेखि गणेशमानलाई लौह पुरुष उपनामले सम्बोधन गर्न थालिएको प्रसंग पुस्तकमा उल्लेख छ।

गणेशमान २०१५ को आमनिर्वाचनमा कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठलाई पराजित गरी विजेता बनेका थिए। त्यसपछि बनेको कांग्रेसको बहुमत सरकारमा गणेशमान यातायातमन्त्री बने। पद प्राप्तिका लागि मरिमेट्ने जमानामा गणेशमानले राजा (२०४६ पछि) बाटै प्रधानमन्त्रीको पद बक्स हुँदा पनि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनाउन राजा वीरेन्द्रको कान फुकेका थिए।  २ असोज २०५४ मा निधन भएका गणेशमानले जनाअन्दोलन २०४६ को नेतृत्व गरेका थिए। यिनकै नेतृत्वमा नेपालमा पञ्चायती शासन ढलेर प्रजातन्त्र आएको हो।

राजनीतिक इमानका खम्बा गणेशमान सत्ताका भोका थिएनन्। तत्कालीन सभापति गिरिजाप्रसादसँग मतभेद र मनभेद हुँदा उनले जीवनको अन्तिम समय २०५१ तिर पार्टी त्यागे पनि कांग्रेसले उनलाई त्यागेन।

गणेशमान सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थक थिए। पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ मा प्रजातन्त्र अपहरणपछि ८ वर्ष निरन्तर काराबास भोगे। त्यसपछि पुनः प्रवासमा राजनीतिक संगठन विस्तार गरी २०३३ मा बीपीसँगै राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे।

तत्कालीन पञ्चबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ को विद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ को सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए। १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका धनी गणेशमानको प्रजातान्त्रिक निष्ठा र धरोहरका प्रतीक थिए।

पार्टी र प्रजातन्त्रलाई सँगै लिएर जाने सवालमा २०४९ झापाको कलबलगुडीमा सम्पन्न आठौं महाधिवेशनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग मनभेद र मतभेद भएपछि गणेशमानले २०५१ भदौमा कांग्रेस छाडेका थिए। तर, कांग्रेसले उनलाई कहिल्यै छाडेन। पोखरामा २०५१ म भएको कांग्रेस बैठकले गणेशमानलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरेको थियो। नेपाली राजनीतिमा त्याग र साहसको प्रतिमूर्ति ठानिने गणेशमानलाई अहिले पनि सबै राजनीतिक दलले निष्ठापूर्वक सम्झिन्छन्।

प्रकाशित: Sep 19, 2023| 16:21 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्