आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विधेयक अगाडि बढाउन ढिलो गर्ने, छेडखानी गर्ने काम नगरियोस् : प्रचण्ड

विधेयक अगाडि बढाउन ढिलो गर्ने, छेडखानी गर्ने काम नगरियोस् : प्रचण्ड

 |  बुधबार, असार ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ११, २०८२

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेस हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

National life

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गरेका हुन्।

अध्यक्ष दाहालले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न आग्रह गरे। उनले भने, ‘हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ, यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो।’

सङ्घीय निजामती सेवा र विद्यालय शिक्षाजस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै अध्यक्ष दाहालले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराए। उनले थपे, ‘संवेदनशील विधेयकहरू टारिनेतिर लागियो भने हामी चुप लाग्दैनौँ।’

अध्यक्ष दाहालले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिए। उनका अनुसार विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र सङ्घीयताको मर्मलाई मध्यनजर गरिनुपर्छ।

Laxmi sunrise bank
kumari

‘यो विधेयक ढिला भए पनि आएकोमा सरकारलाई धन्यवाद दिन्छु। तर अब यसको परिमार्जन र समुचित प्रक्रिया सुनिश्चित गरेर अघि बढाउनु आवश्यक छ’, उनले भने। उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन कानुनी आधार निर्माणमा सबै दलले सहकार्य गर्नुपर्नेमा पनि जोड दिए। 

अध्यक्ष दाहालको चेतावनीसँगै बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा व्यक्त गरे।

प्रकाशित: Jun 25, 2025| 14:52 बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्