बिहीबार, असार १२, २०८२

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

 |  बिहीबार, असार १२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार १२, २०८२

vianetvianet

काबुल- पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केको स्थानीय अधिकारीले  बुधबार बताएका छन्। 

सूचना र संस्कृति विभागका प्रान्तीय निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीले उनीहरुलाई पानी, खाना र तत्काल चिकित्सा सहायतासहित सबै आवश्यक आपूर्तिहरू प्रदान गरिएको जनाएका हुन्।  

अफगानिस्तानले इरानसँग एउटा पश्चिमी हेरात प्रान्तमा र अर्को निमरोज प्रान्तमा गरी दुईवटा प्रमुख सीमाहरु खुल्ला गरेको छ, हालसालै दुवै सिमाहरूबाट फर्कने शरणार्थीहरूको सङ्ख्या तीव्र भएको जनाइएको छ। 

अनुमानित दुई/तीन हजार व्यक्ति र करीव ३०० परिवारहरू निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमा पार गरेर हरेक दिन अफगानिस्तान फर्किरहेको शरणार्थी र स्वदेश फिर्तीका प्रान्तीय निर्देशकले बताए। 

करिब ७० लाख अफगान शरणार्थीहरू मध्ये अधिकांश कागजात विहीन आप्रवासीहरू , हाल विदेशमा बसिरहेका छन्, जसमध्ये सबैभन्दा बढी इरान र पाकिस्तानमा रहेका छन्।  -सिन्ह्वा

प्रकाशित: Jun 26, 2025| 12:48 बिहीबार, असार १२, २०८२
प्रतिक्रिया दिनुहोस्