शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिमा रास्वपा र राप्रपाको असन्तुष्टि

भिजिट भिसा प्रकरण

सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिमा रास्वपा र राप्रपाको असन्तुष्टि

 |  मंगलबार, असार १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार १०, २०८२

काठमाडौं- सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन तथा छानबिन समितिमा प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असन्तुष्टि जनाएका छन्।

National life

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकपछि धारणा राख्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् डा स्वर्णिम वाग्लेले पूर्वमुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा गठित उक्त समितिलाई आफूहरुले अस्वीकार गर्ने बताएका छन्।

उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा संसदीय छानबिन समिति गठन आवश्यक भएको बताए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणका सन्दर्भमा विगत १८ वर्षमा नियुक्त भएका १४ जना गृहमन्त्री उपर छानबिनको माग गरेका छन्। ‘अहिले गठित समितिमा हाम्रो असहमति छ, यो समितिले न्याय दिन सक्दैन, यो राजनीतिक र सत्तास्वार्थभन्दा माथि हो, यस प्रकरणमा जो सुकै दोषी भए पनि कारबाही गर्नुपर्छ’, उनले भने।

बैठकमा आफ्ना धारणा राखेपछि दुई दलले बैठक बहिस्कार गरेका छन्। 

Shivam cement

प्रकाशित: Jun 24, 2025| 13:47 मंगलबार, असार १०, २०८२
प्रतिक्रिया दिनुहोस्