शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खुर्सिद हत्याको २ महिनापछि सुनसरीमा अर्का मुस्लिम व्यवसायीको हत्या

खुर्सिद हत्याको २ महिनापछि सुनसरीमा अर्का मुस्लिम व्यवसायीको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- दक्षिणी सुसनरीको भुटाहा बजारमा मुस्लिम अगुवा खुर्सिद अन्सारीलाइ गोली हानी हत्या भएको २ महिनपछि सुनसरीका अर्का मुस्लिम व्यवशायीको हत्या भएको छ ।  दुहबी नगरापालीका ९ छाताबेलीमा रहेको जयबाबा इट्टा उद्योगका म्यानेजर फिदा हुसेनको हत्या भएको हो । 

बुधबार बिहान ६ बजे मर्निङ वाकका क्रममा रहेका हुसेनलाई मोटरसाइकलमा आएका दुई बन्धुकधारीले गोली हानेको प्रहरीको भनाइ छ । गोली लागेका ५४ बर्षिय हुसेनलाइ उपचारको लागी विराटनगरतर्फ लाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ । हुसेन दुहवी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष मेहेदी हुसेनका भाइ हुन । 

जयबाबा इट्टा अगाडिको नहरको पुलमा अपराधिक मान्छेले गोली हानेको पीडितको घरमा पुगेका सुनसरी क्षेत्र नम्बर ३ (क)का प्रदेश सांसद लिलम बस्नेतले बताए । 

घटनास्थलमा तीनवटा गोलीको खोका भेटिएको र हत्या गर्ने अपराधिक समुह भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक रामनारायण माझीले मिडियालाई बताएका छन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।