शनिबार, साउन ९, २०८३

इकार्डी र डिबालाको गोलमा अर्जेन्टिना विजय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गरेको हो ।
 
अर्जेन्टिनालाई जित दिलाउन माउरो इकार्डी र पाउलो डिबालाले समान एक एक गोल गरे । कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको अर्जेन्टिनाले दुवै हाफमा एक एक गोल गरेको थियो । अर्जेन्टिनाले खेलको दोस्रो मिनेटमै इकार्डीको गोलबाट अग्रता लिएको थियो । 

इरिक लमेराको पासमा इकार्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८७ औं मिनेटमा डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । त्यस पछि दुबै टोलीबाट थप गोल हुन नसक्दा अर्जेन्टिनाले मेक्सिकोमथि २-० को सहज जित निकालेको हो । 

अर्जेन्टिनाका लागि डिबालाको यो पहिलो गोल समेत हो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नै चिलीले होन्डुरसलाई ४-१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । चिलीका लागि अर्टुरो भिदालले दुई गोल गर्दा एलेक्सिस सान्चेज र निकोलसले एक एक गोल गरे । होन्डुरसका एलेक्स्जेन्डर लोपेजले एक गोल फर्काए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।