शनिबार, साउन ९, २०८३

क्यामरुनमाथि ब्राजिलको जित, नेयमार घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- मंगलबार राती भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत ब्राजिलले क्यामरुनलाई १-० ले पराजित गरेको छ । तर, उक्त खेलमा ब्राजिलका कप्तान तथा फरवार्ड नेयमार भने चोट ग्रस्त भएका छन् ।  

उनी खेलको आठौं मिनेटमा नै तिघ्राको चोटबाट पिडित हुदै मैदान छाड्न बाध्य भएका थिए । उनको स्थानमा एभरटनका रिचार्लीसन मैदान प्रवेश गरे भने मार्किन्होसले कप्तानको जिम्मेवारी लिएका थिए । 

ब्राजिलका लागि खेलको एक मात्र निर्णायक गोल वैकल्पिक खेलाडी रिचार्लीसनले गरे । उनले पहिलो हाफको अन्तिम समयमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । ब्राजिलले जित दर्ता गरेपनि नेयमारको चोट नै खेलको मुख्य पाटो बन्यो । 

ब्राजिलका टिम डाक्टर रोद्रिगो लास्मारले प्रारम्भिक परिक्षणले उनको चोट गम्भीर नरहेको बताएका छन् । ‘उनको दायाँ तिघ्रामा केहि समस्या देखिएको छ । उनले कठिनाइ महसुस गर्ने बितिकै हामीले ड्रेसिङ रुममा केहि परिक्षण गर्यौं । प्रारम्भिक रुपमा हेर्दा गम्भीर छैन तर केहि स्क्यान गरेपछि विस्तृत थाहा हुनेछ,’ उनले भने ।

ब्राजिलले चार दिन अघि उरुग्वेलाई १-० ले हराउँदा नेयमारले गोल गरेका थिए । स खेलमा उनले नै पेनाल्टी गोल गरेका थिए । नेयमारको चोट गम्भीर भएको अवस्थामा फ्रान्सेली क्लब पीएसजीलाई ठूलो घाटा हुनेछ । पीएसजीले अर्को साता च्याम्पियन्स लिगमा लिभरपुलसँग खेल्दैछ । लिगमा भने यसै साता पीएसजीले टुलुजको सामना गर्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।