काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) टी-२० क्रिकेट खेल्ने भएका छन् । मंगलबार भएको अक्सनमा सन्दिपलाई पीएसएल क्लब लाहोर कलन्दरले किनेसँगै उनी पिएसएल खेल्ने भएका हुन् ।
गोल्ड श्रेणीमा रहेका सन्दिपलाई लाहोरले बोलि लगाउदै आफ्नो टिममा अनुबन्ध गरेका थिए । अब सन्दिपले लाहोरबाट न्युनतम ५० लाख देखि ७० लाख रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । गत सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) सन्दीपले २० लाख भारु पाएका थिए ।
सन्दीपको टिममा दक्षिण अफ्रीकाका एबी डी भिलियर्स, फकर जमान, साहिद अफ्रिदी, यासिर शाह,कार्लोस ब्रेथवेट, साहिद अफ्रिदी जस्ता खेलाडी रहेका छन् । १७ फेब्रअरी देखी १७ मार्चसम्म चल्ने पिएसएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा निकै व्यस्त सन्दिप आईपीएल खेल्दै चर्चामा आएका थिए । उनी यसै सिजन अष्ट्रेलियन लिग बिग बास क्लबमा अनुबन्धित भएका छन् ।
सन्दीपले आईपीएलपछि क्यानेडियन लिग, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । सन्दीप अहिले टी-१० लिग खेल्न युएईमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४