शनिबार, साउन ९, २०८३

११ वर्षपछि साकार भयो डाेल्पालीको सपना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- एघार वर्षपछि डोल्पाबासीको गाडी सपना साकार भएको छ। कर्णाली प्रदेशको डोल्पा मंगलबारदेखि राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै एघार वर्षपछि डोल्पालीको गाडी चढ्ने सपना साकार भएको हो। जाजरकोटदेखि डोल्पाको त्रिपूरासुन्दरी नगरपालिका–५ छलगाडसम्मको ट्रयाक खुलेसँगै डोल्पा सडक सञ्जालमा जोडिएको हो। 

जाजरकोट-डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले दिएको जानकारी अनुसार केन्द्र सरकारका रक्षा मन्त्री ईश्वर पोखरेल र प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संयुक्त रुपमा सडकको औपचारिक उद्घाटन गरेका हुन्।

सडकको उद्घाटनसँगै डोल्पाबासीको ११ वर्षदेखिको सपना पुरा भएको छ। आजभन्दा करिब ११ वर्षअघि दुनैलाई सडक यातायातले जोड्ने योजना सरकारले ल्याएको थियो। शान्ति प्रक्रिया सुरु भएसँगै सडकको सर्वे गरेपछि २०६५ सालमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको हो।



सेनाले निर्माण कार्य थालेको सुरुवातमै यो सडक खण्डमा विवादमा मुछिएको थियो। ट्रयाक जाजरकोट हुँदै खोल्ने कि रुकुमबाट भन्ने विवाद भएपछि (२०६५–०६६ सम्म) दुईवर्ष सडक निर्माण अवरुद्ध थियो । अन्तः पहिलेको सर्वेलाई खारेज गर्दै तीनै वटा जिल्लालाई छुनेगरी राष्ट्रिय योजना आयोगले नयाँ रेखाङ्कन कोर्‍यो।
 
सहमतिपछि भेरी नदीको वारीपारी गर्दै २०७६ सालदेखि सेनाले ट्रयाक खोल्न सुरु गरेको हो। जाजरकोट–डोल्पा सडक खण्डको १ सय १८ किलोमिटर मध्ये जाजरकोट क्षेत्रमा ४६.७ रुकुम क्षेत्रमा ३०.५ र खदाङदेखि ४०.५ किलोमिटर डोल्पा जिल्लामा पर्दछ। सडकको आज उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उद्धघाटने गर्नेछन्।

सडकको उद्घाटन गरेपनि प्रदेशको राजधानी सुर्खेतसँग जोडिन अझै केही वर्ष लाग्ने छ। सडक निर्माण दलका प्रमुख सेनानी पहाडीका अनुसार भेरी नदी र खोलामा पुल नबन्दासम्म सुर्खेत-डोल्पा वस सेवा सञ्चालन हुन छैन। 

सिधा बस सेवाका लागि नदी र खोलामागरी दर्शनबढी ठाउँमा पुल निर्माण गर्नुपर्नेछ। अहिलेसम्म भेरी नदीका २ वटा ठाउँमा मात्रै पुल निर्माण सम्पन्न भएका छन्। अझै नदीमा ३ ठाउँमा पुल निर्माण गर्नुपर्नेछ। त्यस्तै विभिन्न खोलाका दश ठाउँमा पुल निर्माण गर्नुपर्नेछ। नदी र खोलामा पुलहरु निर्माण नहुँदा ठाउँठाउँमा गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। सेनाले ज्यानको बाजी थापेर ट्रयाक खोलेको सडकमा कालोपत्रे र पुलहरु निर्माण गरी डोल्पावासीको समृद्धिको यात्रा सुरु गर्नुपर्ने प्रमुख पहाडीको भनाई छ।



सडक पूर्णरुपमा सञ्चालनमा आएपछि डोल्पावासीलाई चीन र भारतका सीमासम्म आउजाउ गर्न सहज हुनेछ । भेरी करिडोर नाम दिइएको यही सडकलेनै उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको मोरिम्ला भञ्ज्याङ र दक्षिणमा भारतसँगको रूपैडिहा नाका जोड्नेछ। 

जाजरकोट-डोल्पा सडक खण्डको १ सय १८ किलो मिटरमध्ये डोल्पाको त्रिवेणीसम्म दुई वर्ष अघिदेखिनै गाडी सञ्चालन हुँदै आएका छन् । त्यस खण्डमा ०७३ भदौै २३ गते तत्कालिन प्रधान सेनापति राजेन्द्र क्षत्रीले सडक विभागलाई हस्तान्तरण गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।