शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्जिनियरको चुनावमा पनि प्रजातान्त्रिक र प्रगतिशील भिड्‍दै

इन्जिनियरको चुनावमा पनि प्रजातान्त्रिक र प्रगतिशील भिड्‍दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- २८ मंसिरमा हुने नेपाल ईन्जिनियर्स एशोसिएसनको निर्वाचनमा दुई समूह भिड्दै छन्। केन्द्रीय तथा प्रादेशिक नेतृत्व चयन गर्न एशोसिएसनको निर्वाचन हुन लागेको निर्वाचनमा लोकतान्त्रिक र प्रगतिशील समर्थक ईन्जिनियरहरु चुनावी मैदानमा होमिएका छन्। एशोसिएसनको प्रादेशिक निर्वाचन पहिलो पटक हुँदै छ।

एशोसिएसनको ३२ औं कार्यकारिणी निर्वाचनमा लोकतान्त्रिक समूहबाट केन्द्रीय अध्यक्ष पदका लागि प्राध्यापक ईन्जिनियर हिरेन्द्रमान प्रधानले उम्मेदवारी दिएका छन्। काठमाण्डौं निवासी प्रधान विगत तीन दशकदेखि प्राध्यापन क्षेत्रमा लागेका व्यक्ति हुन्। यसैगरी प्रगतिशील समूहबाट केन्द्रीय अध्यक्ष पदका लागि प्राध्यापक डा त्रिरत्न बज्राचार्य चुनावी मैदानमा छन्।

यता प्रदेश २ को अध्यक्ष पदमा लोकतान्त्रिक समूहबाट सभापतिमा मनोजकुमार दास, उपसभापतिमा दिलिपकुमार श्रीवास्तव, सचिवमा अजितकुमार यादव, सहसचिवमा भवेश मिश्र र कोषाध्यक्षमा किशोर यादवको उम्मेदवारी परेको छ।

यसैगरी प्रगतिशील समूहबाट प्रदेश २ को सभापतिका लागि नन्दकिशोर यादव, उपसभापतिमा रामबाबु प्रसाद, सचिवमा नुर होदा आलम, सहसचिवमा विजयकुमार महतो थारु र कोषाध्यक्ष पदका लागि श्याम नारायण चौधरीले उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिले सोमबार अन्तिम सूचि प्रकाशन गरे लगत्तै उम्मेदवारहरु चुनावी प्रचारलाई तिव्रता दिएका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।