शनिबार, साउन ९, २०८३

ह्‍वावेमेट ट्‍वन्टी प्रो नेपालमा सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–ह्वावे कम्पनीको स्मार्टफोन–ह्वावे मेट ट्वान्टी प्रो मंगलबार सार्वजनिक गरिएको छ । गत महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको ह्वावे मेट ट्वान्टी प्रो प्रयोगकर्ताहरू माझ लोकप्रिय छ ।

विभिन्न संचारगृहहरूका पत्रकारहरू तथा ब्लगरहरूको सो मिडिया कन्फरेन्समा उत्साहजनक सहभागिता रह्यो । सो कार्यक्रममा केही ब्लगरहरूले मेट ट्वान्टी प्रो स्मार्टफोन चलाउँदाको उत्कृष्ट अनुभवबारे पनि सुनाएका थिए ।

लाइका अल्ट्रा वाइड एंगल लेन्ससहितको लाइका ट्रिपल क्यामरा, किरिन ९८० सहितको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ४० वाटको सुपरचार्ज तथा वायरलेस रिभर्स चार्ज युक्त ४२०० एमएएच ब्याट्री, हाईटच थ्रीडी फेश रेकग्निशन सहितको ईएमयुआई ९.० तथा यस फोनका आइकोनिक डिजाइनहरू बारे जोड दिएका थिए ।

ह्वावे मेट ट्वान्टी प्रो मा अत्याधुनिक लाइका ट्रिपल क्यामरा सेटअप जडित छ ।  अन्य स्मार्टफोन उत्पादक कम्पनीहरूले अझैपनि डुअल क्यामरा मात्र ल्याइरहेको बेला ह्वावेले अघि बढ्दै ट्रिपल क्यामरा सेटिङहरू ल्याउन सफल भइसकेको छ ।

खासगरी ह्वावे मेट ट्वान्टी प्रोमाभएको लाईका ट्रिपल क्यामरामा ४० एमपीआर जीबी क्यामराले दैनिक कैद गरिने फोटोहरूको डिटेलहरू सूक्ष्म रूपमा कैद गर्दछ भने ८ एमपीको टेलिफोटो लेन्सले टाढाको सटहरूमा फोकस गर्दछ र बिल्कुलै नयाँ २० एमपीलाईका अल्ट्रा वाइड एंगल लेन्सले ल्याण्डस्केप तथा म्याक्रो सटहरूका लागि सबैभन्दा उपयुक्त रहेको छ ।

वायरलेस चार्जिङलाई प्राथमिकता दिँदै ह्वावे मेट ट्वान्टी प्रोले १५ वाट सम्म वायरलेस चार्जलाई सपोर्ट गर्दछ र ४० वाट सम्मपनि सपोर्ट गर्न सक्दछ। यसमा भएको सुपरचार्ज प्रविधि टियूभी प्रमाणित हो । यो स्मार्टफोनले वायरलेस रिभर्स चार्जिङलाई सपोर्ट गर्दछ र अन्य क्यूआइ भएका उपकरणहरुका लागि पावर ब्यांकका रुपमा पनि काम गर्दछ ।

ह्वावे मेट ट्वान्टी प्रोको सेटसहित चार्जर, सेतो रंगको यूएसबी टाइप–सी एअरबडहरू तथा एउटा यूएसबी टाइप–सी–टु ३.५ अडियो अड्यापटर पनि उपलब्ध गराइन्छ ।

ह्वावेमेट ट्वान्टी प्रो मा उच्च दर्जाको इन्टेलिजेन्स, कार्य क्षमता तथा कम्युनिकेशन फिचरहरू छन्, जसले प्रयोगकर्ताहरूलाई फोन प्रयोगको सर्वोत्कृष्ट अनुभवप्रदान गर्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्