शनिबार, साउन ९, २०८३

विराटनगर विमानस्थलमा माउन्टेन फ्लाइटको ट्रायल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विराटनगर- नेपालको क्षेत्रीय विमानस्थल र प्रदेश १ को मुख्य विमानस्थल विराटनगर विमानस्थलबाट माउन्टेन फ्लाइटको ट्रायल हुने भएको छ ।  विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले आगामी शनिबार माउन्टेन फ्लाइटको तयारी भएको बताए । 

एयरलाइन्स र पर्यटन व्यवसायीको पहलमा माउन्टेन फ्लाइटको ट्रायल गर्न लागिएको सिटौलाले बताए । प्रदेश १  सरकारले नीति तथा कार्यक्रममा माउन्टेन फ्लाइट गर्ने भने पनि अहिले कुनै सहयोग नगरेको व्यवसायीको भनाइ छ । ट्रायल सफल भएमा हरेक शनिबार तीनवटासम्म माउन्टेन फ्लाइट गर्ने तयारी छ । 

माउन्टेन फ्लाइटका क्रममा प्रदेश १ मारहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरु सहजै अवलोकन गर्न सकिने छ । 

व्यवसायीका अनुसार व्यावसायिक रूपमा प्रदेश १ मा यो नै प्रथम नियमित माउन्टेन फ्लाइट हो । यसअघि २०७३ फागुन ११ देखि १७ गतेसम्म भएको विराट एक्सपो पनि माउन्टेन फ्लाइटको एउटा उडान भएको थियो । 

‘विराट होलिडेज’ ट्राभल एजेन्सीमा आबद्ध पर्यटन  व्यवसायीले जहाज चार्टड गरेर माउन्टेन फ्लाइटको परीक्षण गर्ने कार्यक्रम छ । प्रदेश १ उद्योग वाणिज्य  महासंघका पर्यटन तथा हवाई यातायात समितिका संयोजक भविष श्रेष्ठको टिमले यसको अगुवाइ गरिरहेको छ । 

शनिबार बिहान ७ बजे पहिलो परीक्षण उडान हुनेछ । धरानका पर्यटन व्यवसायी तथा सेछ ट्राभलिङका सञ्चालक बासुदेव बरालका अनुसार यती एयरलाइन्सको जेटस्ट्रिम जहाजबाट माउन्टेन फ्लाइटको परीक्षण गर्ने तयारी भएको एयरलाइन्सका विराटनगर शाखा प्रमुख प्रेम कुँवरले बताए । २९ सिटे यो जहाजका झ्यालका १९ सिटमा १९ यात्रुले सहजै हिमाल देख्न सक्ने कुँवरले बताए । माउन्टेन फ्लाइट ५५ मिनेटको हुनेछ भने शुल्क  ९ हजार ९ सय तोकिएको छ ।  

३० मिटर चौडाइसहित १५ सय मिटरको धावनमार्ग र १ सय २० बिघा क्षेत्रफलमा फैलिएको विराटनगर विमानस्थलमा कुनै पनि जहाज पार्किङ हुँदैनन् । केही महिनाअघिसम्म बेलाबेला बुद्ध एयरले जहाज पार्किङ गरे पनि हाल कुनै जहाज विराटनगर विमानस्थलमा पार्किङ हुँदैनन् । 

माउन्टेन फ्लाइटको सञ्चालन भएपछि बेलुका पनि विमानस्थलमा जहाज पार्किङ हुने भएको छ । शुक्रबार राति आएको जहाज बिहान माउन्टेन फ्लाइट गरेर आफ्ना नियमित यात्रु लिएर काठमाडांै जाने यती एयरलाइन्सका विराटनगर प्रमुख प्रेम कुँवरले बताए ।

विमानस्थल सञ्चालक सिटौलाले विराटनगर विमानस्थल माउन्टेन फ्लाइटका लागि उचित भएको बताए । पञ्चायत कालमा विराटनगर विमानस्थलबाट भारतको पटनासम्म कस्मिक एयरबाट उडान भएको जानकारी सिटौलाले दिए । उनले भने, ‘पूर्वाधारको हिसाबमा विराटनगर विमानस्थलबाट माउन्टेन फ्लाइट सहजै हुन्छ । अब कत्तिको व्यावसायिक रूपमा चल्छ त्यो भने पहिलो ट्रायलबाट थाहा हुन्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।