शनिबार, साउन ९, २०८३

रत्‍नपार्कमा दिउँसै कालोपत्रे, जामको सास्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीमा ट्राफिक जाम हुनु कुनै नौलो कुरा होइन्। सडक प्रयोगकर्ताहरुले हरेक दिन कुनै न कुनै प्रकारको जामको सामना गर्नुपर्ने हुन्छ। 

कहिले भिभिआर्इपी सवारीले त, कहिले सवारी दुर्घटना, कहिले विभिन्न खाले जुलुस र प्रदर्शन अनि कहिले फितलो ट्राफिक व्यवस्थापनका कारण काठमाडौंमा जामको सकस हुन्छ। 

काठमाडौंको व्यस्त सडक रत्‍नपार्कमा मंगलबार दिउँसो अचम्‍मको जाम भयो। एक बजेदेखि करिब तीन बजेसम्म सडकमा जाम भयो। रत्नपार्क-रानीपोखरी सडक खण्डमा दिउँसै कालोपत्रे बिछ्याउने काम भइरहेकोले उक्त जाम भएको हो।

सामान्यतया व्यस्त सडकमा रातिको समयमा मात्रै सडक मर्मत र कालोपत्रे बिछ्याउने काम गरिन्छ। तर, सडक विभाग र अन्य सरोकारवाला निकायको व्यवस्थापकिय कमजोरी र फितलो समन्वयका कारण सर्वसाधारण घण्टौं जामको सास्ती सामना गर्नुपरेको छ। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।