शनिबार, साउन ९, २०८३

मेलबोर्नमा आक्रमणको योजना बनाउने तीन जाना पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मेलबोर्न (एजेन्सी)- अस्ट्रेलियाको मेलबोर्नमा आतङ्कवादी आक्रमणको योजना बनाएको आरोपमा मङ्गलबार बिहानै प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलबोर्नमा जथाभावी छुरा प्रहार गरी दुई जनाको हत्या भएको दुई साता नबित्दै पछिल्लो घटना सार्वजनिक भएको हो।

पक्राउ परेकामा टर्केली मूलका अस्ट्रेलियाली रहेका छन्। मेलबोर्नको भिडभाड इलाकामा आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले पक्राउ परेका व्यक्तिहरु इस्लामिक स्टेट समूहबाट प्रभावित रहेको पाइएको बताएको छ । प्रहरीका प्रमुख आयुक्त ग्राहम एस्टोनले भने, ‘तर उनीहरु कुन समूहमा आबद्ध छन् भन्ने अझै खुलेको छैन।’

गत मार्चदेखि नै ती तीन व्यक्ति प्रहरीको निगरानीमा रहेका थिए, तर नोभेम्बर ९ मा मेलबोर्न आक्रमणपश्चात उनीहरु अझ बढी सक्रिय रहेको पाइएको छ, ग्राहमले बताए। 

हाल परिचय नखुलाइएका उनीहरु ३०, २६ र २१ वर्षका छन्। उनीहरुमाथि यसअघि कुनै किसिमको फौजदारी अभियोग थिएन, तर उनीहरुलाई विदेश जान नपाउने गरी पासपोर्ट रद्द गरिएको थियो, प्रहरीले जनाएको छ। 

‘समयमै हामीले पक्राउ गर्न नसकेको भए जनधनको ठूलै क्षति हुने सम्भावना थियो,’ सङ्घीय प्रहरी प्रवक्ता इयान म्याककार्टनीले बताए। उहाँले पक्राउ परेका व्यक्तिहरुले आक्रमणका लागि अर्ध-स्वचालित राइफलहरु सङ्कलनको प्रयास गरेको बताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।