शनिबार, साउन ९, २०८३

हत्याको बिरोधमा धनगढी बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-धनगढी उपमहानगरपालिका ४ का विजय थापाको हत्यारा सार्वजनिक गर्न माग गर्दै मृतकका आफन्तले धनगढी बजार बन्द गरेका छन्।

बिहानैदेखि बन्द गराउँदै हिँडेकाले अटोरिक्सा तथा मोटरसाइकलसमेत चल्न दिएका छैनन् । थापाको शव घिसार्दै लगिरहेको अवस्थामा स्थानीय आशीष सेठ्ठीलाई पक्राउ गरेको भए पनि प्रहरीले सार्वजनिक नगरेको बन्दकर्ताको दाबी छ।

बन्दका कारण मंगलबार धनगढीमा कुनै पनि किसिमका सवारीसाधन चल्न सकेका छैनन् । घटनालाई पैसा र राजनीतिक शक्तिका आडमा ढाकछोप गर्न खाजेको भन्दै मृतकका आफन्तले आन्दोलन चर्काउँदै गएका छन्। हत्यारा सार्वजनिक नभएसम्म अनिश्चितकालिन धनगढी बन्द गर्ने उनीहरुले बताएका छन्।

 
विजय थापा न्यायिक संघर्ष समिति गठन गरेर उनीहरु आन्दोलनमा उत्रिएका छन् । समितिका सदस्य जनकराज अवस्थीले हत्यारा सार्वजनिक माग गर्दै आन्दोलनको कार्यक्रम नरोकिने बताए । बजारमा प्रहरीको बाक्लो उपस्थिति छ । 

बन्दकर्ताले सवारीसाधन चल्न नदिँदा सर्वसाधारण भने सास्ती खेप्न बाध्य छन् । ज्याला दैनिकी गर्नेहरु बन्दबाट बढी प्रभावित भएका छन् । टाढा टाढाबाट धनगढी पुगेका तथा बाहिर जानेहरु बन्दका कारण मारमा परेका छन् । आफ्नो न्याय माग्दा अरुलाई अन्याय भएको सर्वसाधारणले बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।