रुपन्देही–सेवाग्राहीसँग घुस लिँदै गरेका सरकारी वकिल पक्राउ परेका छन् । ठगीको मुद्दा मिलाइदिने भन्दै ८० हजार घुस लिने जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौला रंगेहात पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा गएको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले निरौलालाई पक्राउ गरेको हो । उनले मुद्दा मिलाइदिने भन्दै ८० हजार घुस लिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४