शनिबार, साउन ९, २०८३

'नाकाबन्दीका विषयमा नबोल्दा कांग्रेस हार्‍यो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विराटनगर-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमा लगाएका नाकाबन्दीका बेला मौन बस्नु नै पार्टी पराजयको मुख्य कारण रहेको बताएका छन् । विराटनगरमा कांग्रेसले आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै सभापति देउवाले वामएकता र नाकाबन्दीका विषयमा मौन बस्दा कांग्रेस जनताको रोजाइमा कम परेको बताए । 

‘हामीले नाकाबन्दीका विषयमा बोलेनौ । यो नै गल्ती भयो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले भारतीय नाकाबन्दीको विरोध गर्दा राष्ट्रवादीका रुपमा जनतासामू चिनिए । उनीहरुले निर्वाचन पनि जिते,’ सम्बोधनका क्रममा देउवाले भने, ‘कम्युनिस्ट पार्टी एक हुँदा विगतमा पनि हामीले पराजय भोगेका थियौं । 

यो पहिलो हार होइन पहिला कम्युनिस्ट पार्टी विभाजन हुनुअघि पनि उनीहरुले जितेका थिए । अहिले पनि एक भएपछि हामी पछि पर्‍यो ।’ सभापति देउवाले अब जनतासँग नयाँ एजेन्डासहित अघि बढेर कांग्रेसले जनताबीच लोकप्रियता कमाउने पनि बताए । 

कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी निर्मला पन्थको विषयमा कुरा उठाउँदै देउवाले सरकारलाई सबै थाहा भएपनि कारबाही गर्न नसकेको आरोप लगाए । कसरी र किन निर्मलाको हत्या भयो भन्ने कुरा सरकारलाई थाहा भएपनि सरकारले दोषीलाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन नसकेको पनि बताए ।

भेलामा नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय निकायमा प्रमुख तथा उपप्रमुख, पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला सभापतिलगायत सहभागी थिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।