शनिबार, साउन ९, २०८३

साउदी राजाले किन गरे अदालतको प्रशंसा?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रियाद-साउदी अरबका राजा मोहम्मद बिन सलमानले अदालतको प्रशंसा गरेका छन्। राजधानी रियादमा राजा मोहम्मदले सोमबार आफ्नो देशका पत्रकार जमाल खशोज्जीको हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला अदालतको प्रशंसा गरेका हुन्।

अन्तर्राष्ट्रिय रुपमै खराब घटनाका रुपमा फैलिएको घटनाका बारेमा अदालतबाट सफाई दिइएका युवराजलाई आरोप लागेपछि उनले सोमबार पहिलो पटक सार्वजनिक वक्तव्य दिएको समाचारमा जनाइएको छ।

सरकारी अभियोजनकर्ताले गत हप्ता शक्तिशाली युवराज सलमानको त्यस घटनामा कुनै संलग्नता नरहेको भन्दै स्पष्टिकरण दिएका थिए।

पत्रकार खशोज्जीको गत अक्टोबर २ तारिखका दिन स्तानबुलमा रहस्यमय हत्या भएको थियो। हत्या कसले गरेको भन्ने बारेमा अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन। घटनामा युवराज सलमानको संलग्नता रहेको आरोप लागेको छ।

अभियोजनकर्ताहरुले खशोज्जीको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई मृत्यु दण्डको माग गरेका छन् भने २१ जना संलग्न भएको दावी गरेका छन्। देशको उच्च सल्लाहकार निकाय शुरा काउन्सिलको कार्यक्रममा बोल्दै राजा सलमानले न्याय र समानताजस्ता मुस्लिम सिद्धान्तको पक्षमा अदालतले काम गरेकोप्रति आफुहरुलाई गौरब लागेको बताए।

सम्बोधनका क्रममा राजा सलमानले वासिङ्टनपोष्टका नियमित स्तंभकार खशोग्जीको हत्याका बारेमा भने प्रत्यक्ष रुपमा केही बोलेनन्। रासस/एएफपी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।