शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका मुख्यमन्‍त्री 'प्रदेश योजना अयोग'का अध्यक्ष 

कर्णालीका मुख्यमन्‍त्री 'प्रदेश योजना अयोग'का अध्यक्ष 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही 'कर्णाली प्रदेश योजना आयोग'को अध्यक्ष बनेका छन् । कर्णाली प्रदेश सरकारको सोमबार राति सम्पन्न मन्त्रीपरिषद् बैठकले 'कर्णाली प्रदेश योजना आयोग' (गठन तथा कार्य संचालन) आदेश २०७५ स्वीकृत गरेसँगै मुख्यमन्त्री शाही स्वतः आयोगको अध्यक्ष बनेका हुन् । 

मन्त्रिपरिषदको आदेशानुसार ६ सदस्यीय प्रदेश योजना आयोगमा मुख्यमन्त्री अध्यक्ष रहेका छन् । एक जना उपाध्यक्ष र दुई जना सदस्यहरु सरकारले नियुक्त गर्नेछ । आयोगमा प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने छन् । आदेश स्वीकृत भएसँगै सरकारलाई योजना आयोग गठन गर्ने बाटो खुलेको छ ।

त्यस्तै बैठकले प्रदेश तहमा कानून आयोग गठन सम्वन्धि आदेश-२०७५ पनि स्कीकृत गरेको छ । यो आदेश स्विकृतभएसँगै सरकारलाई कानून आयोग गठन गर्ने बाटो समेत खुलेको छ । सात सदस्यीय कानुन आयोगमा एक जना अध्यक्ष, २ सदस्यहरु प्रदेश सरकारले नियुक्त गर्नेछ । 

जसमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कानून सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, मुख्यन्यायधिवक्ता गरी ३ जना पदेन सदस्य रहने छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन महाशाखा प्रमुख सदस्य सचिव रहनेछन् ।

सरकारका प्रवत्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार प्रदेश सरकारलाई योजना छनौट र कानून निर्माणमा सहज हुनेछ । 'प्रदेशको विकासका लागि कस्ता योजना आवश्यक छन् तिनको कसरी सञ्चालन गर्नुपर्छ भन्ने काम आयोगले गर्नेछ ।' मन्त्री केसीले भनिन् 'दुबै आयोगले सरकारको सहयोगी निकायका काम गर्नेछ ।' 

बैठकबाट अस्पत्ताल व्यवस्थापन समिति गठन आदेश २०७५ स्वीकृत गरेको छ । यो आदेश स्वीकृतिसँगै प्रदेश र दशवटै जिल्ला अस्पतालमा सात सदस्यिय व्यवस्थापन समिति रहने छन् । त्यस्तै कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि कर्णाली पर्यटन वर्ष २०७५ अन्तरगत डोल्पाको से-फोक्शुण्डो परिषरमा महोत्सव लगाउने भएको छ । यही मंसीर ११ र १२ गते हुने महोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने निर्णय गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।