शनिबार, साउन ९, २०८३

वीरगन्ज‍ भन्सारले चार महिनामा उठायो साढे ५४ अर्ब कर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगन्ज‍-  वीरगन्ज‍ भन्सार कार्यालयले चार महिनामा ५४ अर्ब ४७ करोड ८३ लाख ६ हजार रुपैयााँ राजस्व संकलन  गरेको छ । 

अर्थ मन्त्रालयले वीरगन्ज‍ भन्सारलाई चालु आर्थिक वर्षको पहिलो चार  महिनामा ५१ अर्ब ४८ करोड १७ लाख ५३ हजार रुपैया राजस्व असुुली गर्न लक्ष्य दिएको थियो । 

भन्सार कार्यालयले  लक्ष्य भन्दा ३ अर्ब ९९ करोड रुपैयाँ बढी अर्थात् लक्ष्य भन्दा झण्डै ६ प्रतिशतले बढी असुली भएको भन्सार कार्यालयका कर प्रशासक सह सचिव श्याम प्रसाद भण्डारीले बताए । 

कार्यालयले कार्तिक मसान्तसम्म भन्सार राजस्वतर्फ १८ अर्ब ८७ करोड ३३ लाख रुपैयाँ र मुल्य अभिवृद्धि कर (भ्याट)बाट  २१ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैया असुलेको  छ । अन्त: शुल्कतर्फ १० अर्ब ८६ करोड ८४ लाख  रुपैयाँ, पूर्वाधार कर २ अर्ब ९३ लाख ८० हजार असुलियो भएको कार्यालयले जानकारी दिएको छ।

अग्रीम आयकरतर्फ २६ करोड ७२ लाख ७ हजार, स्वास्थ्य जोखीम करतर्फ ३४ लाख ८७ हजार र अन्य कर तर्फ ८८ करोड ७० लाख ४० हजार राजस्व असुली गरेको  प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिएका छन् । 

सवारी साधनको राजश्व दरमा नयाँ बजेट वक्तव्यमा गरिएकोसँगै इन्धनको मूल्य र आयात दुबै बढेकाले आयातमा आधारित राजश्व असुलीमा सकारात्मक असर परेको हो । यस अवधिमा विकास निर्माणका लागी आवश्यक निर्माण सामाग्री तथा कच्चा पदार्थको आयात समेत बढेकाले राजस्व असुलीको लक्ष्य भन्दा बढी राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत खत्रीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।