शनिबार, वैशाख २६, २०८३

ओलीको आक्रोश- डीएसपी मार्छु भन्नेलाई सरकार किन समात्दैन ?

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ताप्लेजुङका डीएसपीलाई परिवारसहित मार्छु भन्दा सरकारले कांग्रेसका प्रदेश सांसद खगेनसिंह हाङगामलाई नियन्त्रणमा नलिएको भन्दै रोष प्रकट गरेका छन्। आज पार्टी कार्यालयमा तेजाब आक्रमणविरूद्धको दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा उनले सरकारले आतंकवादलाई प्रोत्साहित गरिरहेको आरोप लगाए।

National life

उनले भने, ‘डीएसपीले असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानुनी क्रियाकलापमा साथ दिन्न भने, साथ दिन सक्दिनँ भनेका हुन्। उनले समाजमा शान्ति सुव्यवस्था, एकताको पक्षमा कुरा गरेका हुन्। त्यो कुरा सहन नसकेर तिमीलाई त मार्छौं नै, तिम्रा बालबच्चा, परिवार सबलाई पनि मार्छौं आदि इत्यादि भन्ने ! यो आतंकवादबाहेक केही होइन, यो आतंककारी क्रियाकलापबाहेक केही होइन।’

अध्यक्ष ओलीले आजको सन्दर्भमा यी कुरा किन उठाऊँ भन्ने लाग्दालाग्दै पनि उठाउनुपरेको बताए। ‘सरकार यस्ता कुराहरूलाई प्रोत्साहित गरिरहेको छ। बढाइरहेको छ। मार्छु भनिरहेको छ। सपरिवार मार्छु भनेको छ। त्यस्ता मानिसलाई नियन्त्रणमा लिनु छैन,’ उनले भने।

केही दिनअघि पक्राउ परेका नुवाकोटका श्यामबहादुर सापकोटाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्नुपूर्व खुकुरी हान्छु भन्दै हिँडेको ओलीले बताए। ‘यहाँ खुकुरी हान्ने मानिसले त माइतीघर मण्डलमा खुकुरी हान्छु भनेकै थियो त ! दुई-चार दिन, कति दिन अगाडि नै, खुकुरी हान्छु भनेको थियो। लात्ती हान्छु भनेर यति माथि खुट्टा उचालेकै थियो, अनेक गरेको थियो त उसले,’ उनले भने, ‘मानिसहरूको नाम लिएको थियो, मान्छेको नाम लिएर काट्छु भन्दाखेरि सरकार कानमा तेल हालेर बसेको थियो।’

 

प्रकाशित: Sep 11, 2023| 16:35 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्