शनिबार, साउन ९, २०८३

ट्याङ्कर चालकको आन्दोलन फिर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विराटनगर- भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले आन्दोलन फिर्ता लिएका छन् । 

बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए । ट्याङ्कर चालकले तीन दिनसम्म इन्धन ढुवानी ठप्प पारेका थिए । 

ट्याङ्कर चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनुपर्ने, नेपाली ट्याङ्कर चालकमाथिको दुव्र्यवहार रोकिनुपर्ने, चालकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, जाम भइरहेको सडकको विकल्प खोजिनुपर्ने लगायतका माग राखेर आन्दोलन थालेका थिए ।

सोमबार भारतको जोगवनीमा नेपाल र भारतका अधिकारीबीच भएको छलफलमा भारतीय पक्षले गल्ती स्वीकार गर्दै आगामी दिनमा नेपाली चालकमाथि दुव्र्यवहार नगर्ने प्रतिबद्धता जनाएपछि सोमबार साँझबाट इन्धन ढुवानी सुचारु भएको हो । 

वार्तामा विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारी, नेपाल आयल निगम प्रदेश नं १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादव, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घका अध्यक्ष गुणराज निरौला र नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ प्रदेश नं १ का अध्यक्ष केशव आचार्य सहभागी थिए । 

आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुनाका साथै नेपालबाट इन्धन लिन गएका १७० ट्याङ्कर भारतको बथनाहा, मीरगञ्ज र जोगवनीमै रोकिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।