काठमाडौ- आज मंसिर २ गते सोमबार कहाँ के- के भयो? अब थाहा पाउनुहोस्, नेपाल समयको दिनभरी।
प्रधानमन्त्रीसँग पुस भित्रै पानीजहाज चढ्ने शेखरको रहर!
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउने भनिएको पानी जहाजमा आफू पनि यात्रा गर्न आतुर भएको भन्दै व्यङ्ग्य गरेका छन्।
प्रहरी तालिम केन्द्र सार्ने निर्णयको चर्को विरोध
राजधानीको महाराजगन्जस्थित नेपाल प्रहरीको तालिम केन्द्र ‘नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान’ विस्थापन गर्दै राष्ट्रपतिका लागि हेलिप्याड ग्राउन्ड बनाउने सरकारी निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ।
तीन कोइराला हस्तीको जमघटपछि देउवा पनि विराटनगरमा
कांग्रेस महामन्त्री शशांक कोइराला तथा केन्द्रीय सदस्यहरू शेखर कोइराला र सुजाता कोइराला विराटनगरमा भेला भएर एउटै माला लगाएर कार्यकर्तामाझ प्रस्तुत भएको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगर आइपुगेका छन्।
छोरा प्रकाश सम्झिएर भक्कानिए प्रचण्ड
ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासअगाडि टाँगिएको पालमा सोमबार अलि बेग्लै खालको कार्यक्रम थियो। उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालगायतका सबैजसो पार्टीका अधिकांश नेता मञ्चमा थिए।
दण्ड जरिवाना नबुझाउनेले सरकारी सेवा नपाउने
अदालतले तोकेको दण्ड जरिवाना समयमा नबुझाउने व्यक्तिलाई सार्वजनिक सेवामा रोक लगाइने भएको छ। जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ बमोजिम अदालतको दण्ड जरिवाना असुल हुन बाँकी व्यक्तिको लगत विवरणसहित सार्वजनिक सेवामा रोक लगाउने व्यवस्था गर्न लागिएको हो।
चाबहिलको धोवी खोलामा वेवारिसे शव फेला
चाबहिलको गोपीकृष्ण हल नजिकै धोवी खोलामा मृत शव फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी हबिन्द्र बोगटीका अनुसार अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो।
रामजानकी मन्दिरको पर्खाल निर्माणमा भ्रष्टाचार गर्नेविरुद्ध मुद्दा
धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासका लागि काम गर्दै आइरहेको जनकपुरस्थित विदेश-मिथिला क्षेत्र पर्यटन प्रबर्द्धन समितिमार्फत निर्माण कार्यमा अनियमितता भएको भन्दै तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
देशभरका नारायण मन्दिरमा भक्तजनको भीड
कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ।
जानकारी नै नदिइ अयोध्याबाट जनकपुर पुग्यो बस
पटना बस सेवा सञ्चालन भएको केही दिन नबित्दै भारतको उत्तर प्रदेशबाट समेत बस सेवा सुरु भएको छ। उत्तर प्रदेशको राजधानी लखनउबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा सुरु भएको हो।
डा गोविन्द केसी अस्पताल भर्ना
अचानक छातिमा समस्या देखापरेपछि प्राध्यापक डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातिमा दुखाइ बढेपछि उनलाई सोमबार बिहान ४ बजे मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा भर्ना गरिएको हो ।
चालु आर्थिक वर्षको पहिलो चौमासिक - ८ देखि १४ प्रतिशत मात्रै बजेट खर्च
चालु आर्थिक वर्ष ०७५/०७६ को पहिलो चौमासिकमा कुल बजेटको ८ देखि १४ प्रतिशत मात्रै बजेट खर्च भएको छ। संघीय संसद् अर्न्तगतको अर्थ समितिको दशौं बैठकमा बोल्दै अर्थसचिव राजन खनालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८ देखि १४ प्रतिशत मात्रै बजेट खर्च भएको बताएका छन्।
डब्लुएफपीले भुटानी शरणार्थीलार्इ दिँदै आएको खाद्य सहयोग बन्द गर्ने
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले झापाको शरणार्थी शिविरमा आश्रय लिइरहेका भुटानी शरणार्थी लाई दिंदै आएको खाधान्ह सहयोग बन्द गर्ने घोषणा गरेको छ।
दार्चुला क्रिकेट : प्रतियोगिता ‘जय नेपाल’, टिम ‘लाल सलाम’
दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जय नेपाल खुला क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ। अपी चौलानी सिर्जनशील युवा क्लब, महाकाली नगरपालिका दार्चुलाको आयोजनामा पहिलोपटक जय नेपाल खुला क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो। प्रतियोगितामा लाल सलाम क्रिकेट टिमले भाग लिएपछि रोमाञ्चक बनेको छ।
'खशोग्जी हत्या यातनाको टेप सुन्नै सकिएन'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका छन्। त्यो श्रव्य सामग्री निकै 'पीडादायी र हिंसात्मक' भएको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४