शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रकाशको सम्‍झनामा माइतिघरमा दिप प्रज्वलन (फोटो फिचर)

प्रकाशको सम्‍झनामा माइतिघरमा दिप प्रज्वलन (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको प्रथम स्मृति दिवसको अवसरमा आज माइतीघर मण्डालामा दिप प्रज्वलन गरिएको छ। 

प्रकाशको सम्झनामा तत्कालिन एमालेको विद्यार्थी संगठन अनेरास्वियू, माओवादीको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलले संयुक्त रुपमा सोमबार साँझ दिप प्रज्वलन गरिएको हो। 

आफ्नै निवास लाजिम्पाटमा अचेत भएर ढलेका प्रकाशको गत वर्ष मंसिर ३ गते नर्भिक अस्पतालमा हृदयघातका कारण निधन भएको थियो। प्रकाश पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्‍यक्ष दाहालका एकमात्र छोरा थिए। उनले दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा काम गरेका थिए। २०३८ सालमा जन्मेका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।