शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डब्लुएफपीले भुटानी शरणार्थीलार्इ दिँदै आएको खाद्य सहयोग बन्द गर्ने

डब्लुएफपीले भुटानी शरणार्थीलार्इ दिँदै आएको खाद्य सहयोग बन्द गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले झापाको शरणार्थी शिविरमा आश्रय लिइरहेका भुटानी शरणार्थी लाई दिंदै आएको खाधान्ह सहयोग बन्द गर्ने घोषणा गरेको छ।

आगामी जनवरी महिनादेखि भुटानी शरणार्थी लाई खाधान्ह सहयोग बन्द गर्ने विश्व खाद्य कार्यक्रमले घोषणा गरेको हो। डब्लुएफपीले साढे दुई दशकदेखि शरणार्थीहरुलाई खाधान्न सहयोग पुर्‍याउँदै आएको थियो।

सन् १९९२ मा भुटानबाट लखेटिएपछि नेपालीमुलका भारतीय शरणार्थीलाई भारतले पश्चिम बंगाल हुँदै पूर्वी नेपालमा धपाएको हो। त्यसयता नेपालले पटक-पटक आग्रह गर्दा समेत भुटान र भारतले उनीहरुलाई स्वदेश फिर्ता गर्ने अनुरोधलाई पूर्णरुपमा वेवास्ता गर्दै आएको छ। विस्थापित केही शरणार्थीहरुलाई अमेरिका, क्यानडा र अष्ट्रेलियामा पुनर्स्थापन गरिएको छ।  

विश्व खाद्य कार्यक्रमले जारी गरेको विज्ञप्तीमा संगठनका नेपाल प्रमुख पिप्पा ब्राडफोर्डले भनेकी छिन्। पछिल्लो २५ वर्ष नेपाल सरकारसँग साझेदारीमा १ लाख १३ हजार भन्दा बढी शरणार्थीहरुलाई १० अर्ब रुपैयाँ बराबरको खाद्यान्न र नगद सहयोग उपलब्ध गराएका छौं।

उनले सम्बन्धित सरकारसँग शिविरमा आश्रय लिइरहेका बाँकी ६ हजार ५ सय शरणार्थीहरुका लागी स्थायी समाधान खोज्नका लागी आग्रह समेत गरेकी छिन्। आगामी महिना (डिसेम्बर)मा शरणार्थीहरुलाई तीन देखि छ महिनासम्म गुजारा चलाउन 'समापन-राहत' वितरण गर्नेछ।

आवधिक सहयोग समापन पछि पनि संयुक्त राष्ट्र संघको शरणार्थी मामिला सम्बन्धी उच्च कमिश्नरले सामाजिक आर्थिक रुपमा अति बिपन्न शरणार्थीहरुलाई आधारभूत आवश्यकता पुरा गर्न नगद सहयोग जारी राख्ने विज्ञप्तिमा उल्लेख छ।
 
शिविरमा बाँकी रहेका शरणार्थीहरुलाई समेत दीर्घकालिनरुपमा व्यवस्थापन गर्न राष्ट्रसंघले नेपाल सरकार र अन्य मुलुकसँग पहल जारी राख्ने विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्