शनिबार, साउन ९, २०८३

अमेरिकी राष्ट्रपति ट्रम्प किन भड्किए पाकिस्तानसँग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई प्रदान गर्दै आएको आर्थिक सहयोग बन्द गर्ने आफ्नो निर्णय सही रहेको बताएका छन्।

ट्रम्पले भनेका छन्, ‘पाकिस्तानले अमेरिकाका लागि केही गरेको छैन। पाकिस्तानी सरकारले अलकायदा प्रमुख ओसामा बिन लादेनलाई आफ्नो मुलुकमा लुकाएको थियो ।’ फ्याक्स न्युजलाई दिएको अन्तर्वार्तामा लादेनको ठेगानाबारे ट्रम्पले भने, ‘पाकिस्तानमा जो कोही पनि जान्दथ्यो लादेन कहाँ बस्छन् भन्ने कुरा । उनी बस्ने ठाउँ पाकिस्तानी सैनिक ब्यारेक छेउमै थियो।’

ट्रम्पले पाकिस्तानलाई प्रत्येक वर्ष सहयोग गर्दै आएको १.३ बिलियन डलर बन्द गरेको बताए। उनले भने, ‘पाकिस्तानले हाम्रा लागि केही पनि नगरेकाले हामीले यस्तो गरेका हौं।’

सन् २००१ सेप्टम्बर ११ मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा भएको हमलामा सयाैंको ज्यान गएको थियो। उक्त हमलाका मुख्य योजनाकार ओसामा बिन लादेन थिए । उनी सन् २०११ मा पाकिस्तानमा भएको अमेरिकी कारबाहीमा मारिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।