शनिबार, साउन ९, २०८३

चाबहिलको धोवी खोलामा वेवारिसे शव फेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – चाबहिलको गोपीकृष्ण हल नजिकै धोवी खोलामा मृत शव फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी हबिन्द्र बोगटीका अनुसार अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो।

मृतक पुरुषको अहिलेसम्म पहिचान खुलेको छैन। उनको साथबाट दुईवटा चम्चा र २५ रुपियाँ बरामद भएको  बोगटीले नेपाल समयलाई जानकारी दिए। उनका अनुसार मृतकको थप परिचय खुल्न सकेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शवको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।