शनिबार, साउन ९, २०८३

तीन कोइराला हस्तीको जमघटपछि देउवा पनि विराटनगरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- कांग्रेस महामन्त्री शशांक कोइराला तथा केन्द्रीय सदस्यहरू शेखर कोइराला र सुजाता कोइराला विराटनगरमा भेला भएर एउटै माला लगाएर कार्यकर्तामाझ प्रस्तुत भएको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगर आइपुगेका छन्।
 
पार्टीको महासमिति बैठकको तयारी र नयाँ नेतृत्वको बहसका समयमा तीन कोइरालाको आइतबारको भेलालाई अर्थपूर्ण रुपमा हेरिएको थियो। तीन कोइरालालाई एउटै माला लाएर उपस्थित गराउने अवसर जिपी फाउन्डेसनले जुराएको थियो। गिरिजाप्रसाद कोइरालाको स्मृतिमा बनेको फाउन्डेसनको कार्यक्रममा शशांक र सुजाता केन्द्रीय समितिको बैठकै छाडेर आएका थिए। शेखर भने शनिबारदेखि यतै थिए। 

जिपी फाउन्डेसनको कार्यक्रममा एकै माला लाएर आफूहरु एक भएको सन्देश दिएका थिए कोइराला त्रयले। उनीहरुले सार्वजनिक रुपमै अब पार्टीको नेतृत्वमा आफूहरुमा कोही एक हुने र बाँकीले सहयोग गर्ने बताएका थिए। नेता शेखरले त आफूहरु हिजो पनि एक, आज पनि एक र भोलि पनि एक हुने बताएका थिए। 

पार्टीको भावी नेतृत्वका लागि कोइराला परिवार एक भएको सन्देश दिन तीनैजना नौ वर्षपछि विराटनगरस्थित कोइराला निवासमा आएको व्याख्या हुन थालेको छ। हुन त यसअगाडि पनि कोइरालात्रय चाडबाड र केही मञ्चमा एकै स्थानमा देखिँदै आएका छन्। 

किन आए देउवा विराटनगरमा?

सभापति देउवा सुझाव संकलनमा आएको बताइएको छ। नेपाली कांग्रेसका मोरङ सभापति ढिकबहादुर लिम्बुका अनुसार महासमिति बैठकका अजेन्डा संकलन गर्न देउवा विराटनगर आएका हुन्। 

मंसिर अन्तिम साताका लागि तोकिएको कांग्रेस महासमिति बैठकमा लानुपर्ने राजनीतिक प्रतिवेदनको सुझाव संकलनका लागि सभापति देउवा विराटनगर आएको उनले बताए। महाधिवेशन प्रतिनिधि राजीव ढुंगानाका अनुसार राजनीतिक प्रतिवेदनको प्रदेशस्तरीय सुझाव लिन देवता विराटनगरमा आपैंm आएका हुन्। 

विराटनगरको वीरेन्द्र सभागृहमा मंगलबार हुने प्रदेश भेलामा नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय निकायमा प्रमुख तथा उपप्रमुख उपस्थित हुनेछन्। भेलामा पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला सभापतिलगायत सहभागी हुनेछन्। मोरङ सभापति लिम्बुले भने, ‘यो प्रदेश १ स्तरीय सुझाव संकलनको भेला हो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।