शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामजानकी मन्दिरको पर्खाल निर्माणमा भ्रष्टाचार गर्नेविरुद्ध मुद्दा

रामजानकी मन्दिरको पर्खाल निर्माणमा भ्रष्टाचार गर्नेविरुद्ध मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासका लागि काम गर्दै आइरहेको जनकपुरस्थित विदेश-मिथिला क्षेत्र पर्यटन प्रबर्द्धन समितिमार्फत निर्माण कार्यमा अनियमितता भएको भन्दै तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

समितिले धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली जिल्लामा पर्यटन प्रबर्द्धनका साथै धार्मिकस्थल संरक्षणको कार्यसमेत गर्दै आएको छ। साविक बेल्ही गाविस-२ तथा हाल चक्रघट्टा गाउँपालिका-२ स्थित रामजानकी मन्दिर र ब्रम्हस्थान मन्दिरको पर्खाल निर्माण नै नगरी रकम भ्रष्टाचार गरेको भन्दै तीन जनाविरुद्ध मुद्दा दर्ता भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामजानकी मन्दिर पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादव, ब्रम्हस्थान पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयकुमार यादव र पर्यटन कार्यालयका ओभरसियर अनिविरुद्ध मण्डलविरुद्ध विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो।

अख्तियारले पर्खाल निर्माण नै गरी बिल भर्पाईको आधारमा रकम भ्रष्टाचा गरेको भन्दै उपभोक्ता समिति अध्यक्ष ओमप्रकाश विरुद्ध १ लाख ३५ हजार २२९, अजयविरुद्ध १ लाख ३१ हजार ३६५ र ओभरसियर मण्डलविरुद्ध २ लाख ६६ हजार ५९५ रुपैयाँ मागदावी गर्दै मुद्दा दायर गरेको छ।

२०६७-०६८ मा समितिका अध्यक्ष दीपेन्द्रकुमार यादवले अर्थ मन्त्रालयबाट प्रकाशित रातो किताबमा उल्लेखित बजेट अनुसार काम नगरी आफू अनुकूलको उपभोक्ता समिति गठन गरेर निर्माण कार्य नै गरी नक्कली बिल भौचर बनाइ ठुलो रकम भ्रष्टाचार गरेको भन्दै उजुरी परेको थियो। 

उजुरी उपर अनुसन्धानको क्रममा लागत इस्टिमेट, बिल भरपाई, प्राविधिक मूल्यांकन तथा कार्य सम्पन्न प्रतिवेदन अनुसार कामै नगरी पर्यटन कार्यालय जनकपुरबाट बढी रकम भुक्तानी लिएको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।