आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ताप्लेजुङ गोल्डकपको क्रेज: टिकट बिक्रीबाटै उठ्यो १८ लाख ७६ हजार

ताप्लेजुङ गोल्डकपको क्रेज: टिकट बिक्रीबाटै उठ्यो १८ लाख ७६ हजार

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

ताप्लेजुङ- यहाँ बुधबार सम्पन्न ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट १८ लाख बढी रकम सङ्कलन भएको छ। यही भदौ १४ देखि २० गतेसम्म सञ्चालित प्रतियोगिताको अवलोकनका लागि आएका दर्शकबाट  १८ लाख ७६ हजार छ सय सङ्कलन भएको लाखे जात्रा खेल सञ्चालन समितिले जनाएको छ।

National life

बुधबार एकै दिन फाइनल प्रतियोगितामा पुगेका दर्शकबाट  सात लाख ५५ हजार सङ्कलन भएको थियो। फाइनल प्रतियोगितामा तीन हजार सात सय ७५ दर्शकले टिकट खरिद गरेर खेलको अवलोकन गरेका थिए।

प्रतियोगिताको पहिलो दिन  एक लाख ७० हजार आठ सय, दोस्रो दिन  एक लाख ३१ हजार सात सय, तेस्रो दिन  एक लाख ७५ हजार छ सय, चौथो दिन एक लाख ७७ हजार सात सय र पाँचौँ दिन  एक लाख ५८ हजार चार सय सङ्कलन भएको आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए। यस्तै मङ्लबार भएको सेमिफाइनलको अन्तिम खेलमा  तीन लाख ७४ हजार सङ्कलन भएको थियो।

खेल अवधिभर नै जिल्ला र जिल्ला बाहिरबाट आएका दर्शकको घुइँचो नै लागेको थियो। यसपटकको प्रतियोगितामा करिब १० हजार दर्शकले अवलोकन गरेका छन्। लाखेजात्रामा आयोजना हुने हरेक वर्षका प्रतियोगितामा टिकट बिक्री गरिँदै आएको छ।

खेल सञ्चालन गर्नका लागि खेलमैदान स्तरोन्नति गर्नुपर्ने, प्यारापिट निर्माण गर्नुपर्ने लगायतका कारण टिकट बिक्री गर्नुपर्ने बाध्यता रहेको आयोजकले जनाएको छ। यस वर्ष खेल मैदानको स्तरोन्नति र प्यारापिट निर्माणमा मात्रै अनुमानित आठ लाख बढी खर्च भएको बताइएको छ।

Laxmi sunrise bank
kumari

यस्तै प्रतियोगिताका लागि विभिन्न सङ्घसंस्था, व्यक्तिबाट ठूलोमात्रामा सहयोग प्राप्त भएको आयोजकका अध्यक्ष देवराज गुरुङले बताए। ऐतिहासिक फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै पर्यटन प्रवर्द्धन, खेलकुदको विकासमा सहयोग पुर्‍याउन प्रतियोगिता आयोजना गरिएको र आगामी समयमा यसलाई थप परिस्कृत गर्दै निरन्तरता दिने उनको भनाइ छ। 

प्रकाशित: Sep 07, 2023| 21:21 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्