काठमाडौं- 'योर पार्टनरफर प्रोग्रेस' भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंङ सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मिति २०७५ मंसिर ०२ गते का दिन एक हजार अंकित दरका २५ लाख कित्ताले हुनआउने दुर्इ अर्ब ५० करोड बराबरको 'सिटिजन्स बैंक बण्ड २०८५' निष्कासनको निम्ति ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ।
ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत पारस मणी ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
दुर्इ अर्ब ५० करोड बराबरका ऋणपत्र मध्ये ८० प्रतिशत दुर्इ अर्ब व्यक्तिगत र २० प्रतिशत सर्वसाधरणहरुका लागि नेपालधितो पत्र बोर्डको स्वकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ जनाइएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब तीन लाख पचास हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४