काठमाडौं- नेपाल प्रहरीले विभिन्न स्थानबाट तीन थान पेस्तोल तथा त्यसमा लाग्ने गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ जडिबुटी ढुंगेधारबाट एक थान घरेलु रिभल्भर, लागूऔषध नाइट्रोभेट ५६ थान तथा एम्पुल २ थानसहित सर्लाही लालबन्दी–३ का भुवन परियार पक्राउ परेका छन् । सवारीसाधन नियमित जाँच गर्ने क्रममा परियार पक्राउ परेको प्रहरीले जनाएको छ।
सुर्खेत बराहताल गाउँपालिका–५ रचा बस्ने कुलबहादुर पुलामीलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
यस्तै सर्लाही हरिवन नगरपालिका–६ चार्लिक झल्ला टोलस्थित सागरनाथ वन परियोजनाको खाली जग्गामा रोकी राखेको ना १ ह ८५८७ नम्बरको अटो रिक्साबाट एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने बारुद प्रहरीले बरामद गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४