शनिबार, साउन ९, २०८३

जानकारी नै नदिइ अयोध्याबाट जनकपुर पुग्यो बस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुर-पटना बस सेवा सञ्चालन भएको केही दिन नबित्दै भारतको उत्तर प्रदेशबाट समेत बस सेवा सुरु भएको छ। उत्तर प्रदेशको राजधानी लखनउबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा सुरु भएको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर-अयोध्या बस सेवाको उद्घाटन गरेका थिए। तर, अयोध्याबाट चल्ने बस अब लखनउबाट खुल्ने जनाइएको छ। 

भारतको अयोध्या र जनकपुर रामायण सर्किट क्षेत्रभित्र रहेको भन्दै दुई स्थानबीचका धार्मिक पर्यटकहरुको आवतवाजतलाई सहजता प्रदान गर्न बस सेवा सञ्चालन गर्ने निर्णय भएको थियो । र, २९ वैशाखमा जनकपुर भ्रमणको क्रममा दुबै देशका प्रधानमन्त्रीले बस सेवाको उद्घाटनसमेत गरेका थिए। तर उद्घाटन भएपनि बस सेवाले निरन्तरता भने पाउन सकेको थिएन्।

बस सेवा सञ्चालन नभएको भन्दै आलोचना भइरहेकै बेला भारत सरकारले नेपाली सरोकारवालाहरुलाई जानकारी नै नगराइ आइतबार अचानक जनकपुरको लागि बस पठाएको छ। लखनउबाट अयोध्या हुँदै हिँडेको बस आइतबार अपरान्ह जनकपुर पुगेको थियो। बस जनकपुरसम्म आइपुगे पनि भारतीय पक्षले आफूहरुलाई कुनै जानकारी नपठाएको जनकपुर-पटना बस सेवा व्यवस्थापन गर्दै आएका सुमन्तकान्त ठाकुरले जानकारी दिए।

जनकपुर पुगिसकेपछि मात्रै अयोध्याबाट बस आएको बारे आफूहरुले थाह पाएको उनले बताए। यात्रु नभएका कारण लखनउबाट जनकपुर पुगेको केहिबेरमै बस फर्किएको ठाकुरले जानकारी दिए।
 
यता जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले पनि अयोध्याबाट बस हिँडेको बारे भारतीय पक्षले आफूहरुलाई कुनै जानकारी नगराएको बताए। भारत सरकारले जनकपुरसम्म बस पठाएपनि नेपालको तर्फबाट बस सञ्चालनका विषयमा टुंगो लाग्न नसकेको उनको भनाइ थियो। जनकपुरबाट बस छुट्ने समयबारे छलफल चलिरहेको अध्यक्ष चौधरीले जानकारी दिए।

नेपाल सरकारले लखनउबाट जनकपुरसम्म सञ्चालन गर्न दुईवटा बसलाई परमिट दिएको छ। उत्तर प्रदेश सरकारले सञ्चालन गर्दै आइरहेको अवध डिपोको ५२ सीट क्षमतासहितको एसी बस सञ्चालनमा ल्याइएको छ।

लखनउको आलमबाग बस पार्कबाट हरेक दिन जनकपुको लागि बस छुट्ने बताइएको छ। लखनउबाट अपरान्ह २ बजे हिँडने बस ६९२ किलोमिटर यात्रा पुरा गरी भोलीपल्ट बिहान ६ बजे जनकपुर पुग्ने बताइएको छ।  जनकपुर–लखनउबीचको यात्रा भाडा भारतीय ९२८ रुपैयाँ कायम गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।