शनिबार, साउन ९, २०८३

छोरा प्रकाश सम्झिएर भक्कानिए प्रचण्ड 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासअगाडि टाँगिएको पालमा  सोमबार अलि बेग्लै खालको कार्यक्रम थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालगायतका सबैजसो पार्टीका अधिकांश नेता मञ्चमा थिए । यतिका नेता जम्मा भएको त्यो जमघट कुनै राजनीतिक भाषणका लागि थिएन । त्यो कार्यक्रम एक वर्षअघि असामयिक निधन भएका प्रचण्ड पुत्र प्रकाशको प्रथम स्मृति सभा थियो।

प्रकाशको निधन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि दोस्रो सन्तान वियोग थियो। तीन वर्षअघि प्रकाशकी दिदी ज्ञानु दाहालको क्यान्सकारका कारण निधन भएको थियो। एउटा मात्र छोरा प्रकाशको पनि निधन भएपछि प्रचण्ड परिवार ठूलो तनावमा रहँदै आएको छ। 

सोमबार आयोजित कार्यक्रममा सबै नेता भावुक देखिन्थे । त्यसमथि प्रचण्ड त झनै भावुक थिए । स्मृति सभामा सबैभन्दा पछिल्ला वक्ता थिए प्रचण्ड। उनले भने, ‘नेपाल राष्ट्रका लागि विशेष योगदान दिने तपाईंहरूको उपस्थितिले मलाई ऊर्जा थप्यो । गत वर्ष आजकै दिन प्रकाशको निधन हुँदा तपाईंहरूको सहयोग, सद्भाव र विश्वासले हामीलाई ऊर्जा दियो र धैर्यधारण गर्न सकें ।’ प्रचण्डले यति भनेपछि उनको वाक्य रोकियो। भाषण गर्दागर्दै उनी भक्कानिए। 

‘एउटा परिवारका लागि, देशका लागि, पार्टीका लागि असामयिक निधनको सामना गर्न सजिलो थिएन, कसरी शोकलाई नयाँ शक्तिमा बदलांै भन्ने थियो, तपार्इंहरूको सदभावले मलाई त्यो ऊर्जा दियो’, मञ्चमा रहेका अरू नेतातर्फ लक्षित गर्दै भने । 

उनले प्रकाश दाहाल उदीयमान प्रतिभा रहेको चर्चा गर्दै उसमा बालसुलभ कमीकमजोरी रहे पनि पछिल्लो समयमा परिपक्व हुँदै गएको स्मरण गरे । उनले प्रकाश र ज्ञानुको स्मृतिमा प्रज्ञा प्रतिष्ठान गठन भएको जानकारी दिए। 

प्रधानमन्त्री पहिलोपल्ट सार्वजनिक कार्यक्रममा 

प्रधामन्त्री केपी शर्मा ओली लामो समयको अस्पताल बसाइपछि बालुवाटारमा आराम गरिरहेका थिए । प्रधानमन्त्री ओली सोमबार पहिलोपटक सार्वजनिक कार्यक्रमा देखा परे। ओलीले पनि स्मृति सभामा सम्बोधन गर्दै शोकमा रहेका प्रचण्ड परिवारलाई सान्त्वना दिएका थिए । उनले भने, ‘विगतका दुःखद घटना सम्झिएर शोकमा डुब्नुभन्दा त्यसलाई शक्तिमा बदल्नुपर्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।