सोमबार, जेठ २५, २०८३

नयाँ आईफोनमा 'टाइप सी' चार्जर लाग्ने

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

आगामी मंगलबार सार्वजनिक हुन लागेको नयाँ आईफोनमा यूएसबी-सी चार्जिङ प्वाइन्ट रहने भएको छ। एप्पलको आईफोनमा अहिले खास किसिमको लाइटनिङ एडप्टर प्रयोग भइरहेको छ। अन्य स्मार्टफोनहरुभन्दा यो अलग छ।

National life

उपभोक्ताको पैसा बचाउन युरोपियन युनियनले नयाँ नियम बनाएको छ। यसअनुसार आईफोनमा पनि अन्य मोबाइलमा लाग्ने यूएसबी-सी चार्जिङ प्वाइन्ट हुनेछ। ईयूको नियमअनुसार स्मार्टफोन निर्माचा कम्पनीहरुले आगामी डिसेम्बर २०२४ सम्ममा कमन चार्जिङ कनेक्सन बनाउनुपर्ने हुन्छ।

यो सेप्टेम्बरमा एप्पल इभेन्ट आयोजना हुने भएको छ। सो अवसरमा कम्पनीले नयाँ केके उत्पादन सार्वजनिक गर्ला भन्नेमा धेरैले चासो देखाइरहेका छन्। यस पटकको एप्पल इभेन्टमा सर्वाधिक चासोको रूपमा रहेको आईफोन १५ रहेको छ।

आईफोन १५ सँगै आईफोन १५ प्लस सार्वजनिक हुने निश्चित छ। यी मोडलमा एप्पलले धेरै अपग्रेड गरेको बताइन्छ। जसमा यूएसबी टाइप सी पोर्ट, डिस्प्लेमा डायनामिक आइल्याण्ड जस्ता कुराहरू छन्।

 

Shivam cement

प्रकाशित: Sep 05, 2023| 14:02 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्