शनिबार, साउन ९, २०८३

नेविसंघको म्याद दुई महिना थपियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 
काठमाडौं- नेपाली कांग्रेसको दुई दिनदेखि जारी केन्द्रीय कार्य समिति बैठकले भातृ संस्था नेपाल बिद्यार्थी संघको म्याद दुई महिना थप गर्ने निर्णय गरेको छ।

नेपाल विद्यार्थी संघले तीन महिनाअघि प्रस्तुत गरेको विधानलाई संशोधन गरी कांग्रेस केन्द्रीय कार्य समिति आईतबार बसेको बैठकले बहुमतको आधारमा संशोधनसहित स्वीकृत गरेको हो। कांग्रेसको शनिबार र आइतबार दुई दिनसम्म चलेको अनौपचारिक र औपचारिक बैठकपछि सभापति देउवाले सो विधान संशोधन सहित पारित भएको जनाएका थिए।

सभापतिले प्रस्तुत गरेको संशोधनसहितको नेविसंघको बिधान बहुमतको आधारमा स्वीकृत भएको हो। नेविसंघले सर्बसम्मतले पारित गरेको बिधानको भाग ९ को दफा २६ लाई परिमार्जन गरी संघको कार्यकाल दुई बर्ष हुने र निर्धारित समयमा महाधिवेशन हुन नसके तीन महिना स्वत थप हुने भन्ने प्रावधानमा स्वत पाँच महिना थप हुने भन्ने व्यवस्था कायम गरिएको छ।

नैनसिंह महर नेतृत्वको नेविसंघका दुई बर्षे कार्यकाल ३ भदौमा सकिएपछि पार्टीले स्वत तीन महिना थप गरेको थियो। पार्टीले थप गरेको तीन महिने समयअवधी आईतबार १२ बजेदेखि समाप्त हुँदै थियो। 

केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँले सभापति देउवाले नेविसंघको सो बिधानलाई संशोधन सहित प्रस्तुत गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले गम्भिर असहमति व्यक्त गरेका थिए। उनीहरुले दुई महिनाको अवधीमा नेविसंघको नेतृत्वले महाधिवेशन गर्न नसक्ने भन्दै समय थप गर्नु पर्ने माग गरेको थियो। 

शनिबार दिउँसो २ बजे बोलाइएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक  राति ८ बजे पाँच मिनेट मात्र बसेको थियो। आइतबार दिउँसो २ बजे बोलाइएको बैठक पनि साँझ साडे सात बजे बसेको थियो। पार्टीले आइतबार नेविसंघले पेश गरेको बिधान स्वीकृत गरे पनि यसअघि असोज २१ गते बसेको केन्द्रीय कार्य समिति बैठकले महामन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नेविसंघको बेग्लै विधानको प्रतिवेदन मस्यौदा पेश गरेका थिए। 

पार्टी नेतृत्वले बहुमतको आधारमा नेविसंघको महाधिवेशन गर्न बर्तमान नेतृत्वको म्याद दुई महिना अर्थात २ माघसम्म मात्र थप गर्ने निर्णय प्रति नेविसंघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेले गम्भिरर असहमति जनाएका छन्।

पार्टीले बहुमतको आधारमा गरेको सो निर्णयप्रति महामन्त्री काफ्लेले गम्भिर आपत्ती जनाएका छन्। उने नेविसंघलाई उमेर हद लगाउने हो भने पार्टीमा पनि पनि ७० बर्षे उमेर हद लगाउन जोडदार माग गरेका छन्। पार्टीले गरेको सो निर्णयका बिषयमा काफ्ले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्बजनिक गर्ने बताएका छन्।

पार्टीले निर्णय गर्नु अघि बर्तमान नेविसंघको म्याद ६ महिना थप गर्नु पर्ने पक्षमा वकालत गरिरहेका अध्यक्ष नैनसिंह महरले पार्टीको निर्णय आएपछि भने मोबाईल स्वीच अफ गरेर बसेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।