शनिबार, साउन ९, २०८३

मंसिरको ४ र ५ गते द्वन्द्व पीडित राष्ट्रिय सम्मेलन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मंसिरको ४ र ५ गते द्वन्द्व पीडित राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलनमा देशका सवै जिल्लाका दुर्इ सयभन्दा वढी पीडित प्रतिनिधिहरुको सहभागिता रहने छ ।

यस सम्मेलनले प्रदेश सम्मेलनहरुबाट प्राप्त सुझावलाई आवश्यक परिमार्जनसहित वडापत्रको स्वरुप दिने द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए । सम्मेलन आयोजनाको दौरानमा द्वन्द्व पीडितका माग र मुद्दासँग सरोकार राख्ने संस्था, संगठन र व्यक्तिबाट आएका चिन्ता र चासोलाई गम्भीरतापूर्वक लिएको चौधरीले बताए ।

पीडितको न्याय प्राप्तिको अधिकारमाथि कतैबाट आक्रमण वा सम्झौता हुनु हुँदैन भन्ने विषयप्रति आम पीडितहरु सचेत, संवेदनशील र जागरुक रहेको उनले बताए ।  उनले भने, 'कुनैपनि नागरिक समाज र अधिकारकर्मी संघसंस्थाबाट संक्रमणकालीन न्याय र पीडितको अधिकारको बरेमा संचालन गरिने गतिविधि र वकालत द्वन्द्व पीडितहरुको साझा अभियानमा सहयोगी हुनु पर्दछ भन्ने हाम्रो स्पष्ट धारणा छ।'

सम्मेलनमा संक्रमणकालीन न्यायको सिद्धान्त र पीडितको भावनाअनुरुप सत्य अन्वेषण, पीडितलाई न्याय र परिपूरण, पीडकलाई सजाय, राष्ट्रिय मेलमिलाप कायम गर्दै भविष्यमा द्वन्द्वका कारणले मानव अधिकार हनन् नदोहोरिने कुराको सुनिश्चितता गर्ने विषयमा छलफल हुनेछ । 

संक्रमणकालीन न्यायको जारी प्रक्रियाको सिंहावलोकन गर्दै भावी रणनीति तय गर्ने उद्देश्यले गत कार्तिक महिनाभरि चौतारीले देशका विभिन्न पाँच स्थान (पोखरा, नेपालगञ्ज, विराटनगर, जनकपुर र ललितपुर) मा प्रादेशिक सम्मेलन गरेको छ ।

सम्मेलनमा पीडित प्रतिनिधिहरु एवम् अन्तरक्रियाका सहभागिहरुले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याई दण्डहिनताको अन्त्य गर्न सत्य जान्न पाउने अधिकारको प्रत्याभूति, पीडितलाई न्याय र परिपूरण, पीडकलाई सजाय, राष्ट्रिय मेलमिलाप तथा पीडितको व्यक्तिगत पहिचान, प्रतिष्ठा, आत्मसम्मान र स्मृतिकरण जस्ता आधारहरु हुनुपर्ने सुझाव प्राप्त भएको थियो।

यसका लागि प्रमुख सरोकारवाला पक्षहरु द्वन्द्व पीडित, नेपाल सरकार र प्रमुख राजनीतिक दलहरु सहितको सहमतिमा समग्र प्रक्रिया तय हुनुपर्ने प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।

एक दशक लामो सशस्त्र द्वन्द्वलाई शान्तिको बाटोमा रुपान्तरण गर्ने आधारको रुपमा रहेको विस्तृत शान्ति सम्झौताले आगामी मङ्सिर ५ गते बाह्र वर्ष पूरा गर्दैछ । यस अवधिमा शान्ति सम्झौताले परिकल्पना गरेअनुसार संविधान निर्माण भई नेपालको राज्य पुनर्संरचनाको कार्य पुरा भएको छ भने शान्ति प्रक्रियाकै महत्वपुर्ण स्तम्भको रुपमा रहेको तत्कालीन माओवादी लडाकु तथा हतियारको व्यवस्थापन पनि भइसकेको छ । 

तर उक्त प्रक्रियाकै अभिन्न अंग रहेको संक्रमणकालीन न्यायको पक्ष भने हालसम्म पनि अपूर्ण छ । नेपालको शान्ति प्रक्रिया पूरा हुन संक्रमणकालीन न्यायका सवै सरोकारवालाहरुलाई स्वीकार्य हुने निष्कर्ष सहित यो प्रक्रियाको टुङ्गो लगाउनु पर्दछ । त्यसैले आम द्वन्द्व पीडितको दृष्टिकोणमा शान्ति प्रक्रिया हालसम्म पूर्ण भएको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।