शनिबार, साउन ९, २०८३

कांग्रेसको निर्णय नेविसंघले नमान्ने!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप्ने तयारी गरेको छ । पार्टी कार्यालय सानेपामा रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘नेतृत्वले नेविसंघको म्याद दुई महिना थप्ने तयारी गरेको छ । अहिले अनौपचारिक छलफल पनि जारी छ । शीर्ष नेताहरुबीच वर्तमान समितिको म्याद दुई महिना थप्ने, विद्यार्थीको माग अनुसार ६ महिना पुर्‍याउने वा नयाँ तदर्थ समिति बनाउने विषयमा छलफल भइरहेको छ ।’

तर, अहिलेको कार्यसमितिमा भएका अध्यक्ष नेनसिंह महरसहित कुन्दन काफ्ले लगायतले दुई महिनामात्र म्याद थप भए निर्धारित काम गर्न नसकिने भन्दै राजीनामा दिने मनस्थिति बनाएको बुझिएको छ ।

आइतबार भएको छलफलका क्रममा सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिले विधानका विषयमा भने सहमति जुटाएर नेतृत्वलाई बुझाएको छ । नेविसंघको ३२ वर्षे उमेरहद हद हटाउनुपर्ने प्रस्तावलाई खारेज गर्ने निर्णय पनि गरेको छ । यो निर्णयसँगै अब नेविसंघमा ३२ वर्षमा माथिको व्यक्ति नेतृत्वतहमा नपुग्ने भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।