शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • एउटा मेसिन-गन जसले खुलाउँदैछ जेलमा रहेका दुई 'निर्दोष' सैनिकको कथा

एउटा मेसिन-गन जसले खुलाउँदैछ जेलमा रहेका दुई 'निर्दोष' सैनिकको कथा

अभियुक्त ढकालको बयान र गन चोरीको नयाँ कोण बाहिर आएपछि नेपाली सेना यो घटनालाई लिएर तरंगित बनेको छ।
 |  शुक्रबार, साउन २९, २०७८

राजेन्द्र आचार्य

राजेन्द्र आचार्य

शुक्रबार, साउन २९, २०७८

भरतपुर (चितवन)– साढे दुई वर्षदेखि चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणमा दुई जना सैनिकलाई जिल्ला कारागार चितवनमा छन्। हालैको एक हत्याकाण्डमा फेला परेको हतियारका कारण कोर्ट मार्सलको आदेश अनुसार जेलमा रहेका ती दुई सैनिकहरु निर्दोष रहेको र उनीहरुलाई व्यक्तिगत रिसइबीका कारण फसाइएको भन्ने पीडितका परिवारको दाबीमा थप बल मिलेको छ।

triton college

विवरण सुरु गरौं दुई वर्षअघिको एक घटनाबाट।

कालीबहादुर गणबाट त्यतिबेला म्यागजिनसहित एउटा शक्तिशाली गन चोरी भएपछि सबैतिर खैलाबैला मच्चियो। १००७९२ नम्बरको त्यो अत्याधुनिक हतियार एसएमजी (सर्ट मेसिन गन) थियो। 

हतियार हराएका बेला ब्यारेकका हाकिम थिए सरोज अधिकारी। ब्यारेकमा मेसिन गन चोरीको घटनापछि तत्कालीन मेजर दीपेन्द्र श्रेष्ठले छानबिन र हतियार खोजीमा सक्रियता देखाए। तर हतियार फेला परेन।

उनले यही घटनामा उदयपुर गाईघाट स्थायी बसोबास भएका र त्यतिबेला कालीबहादुर गणमा कार्यरत अमल्दार लव गुरुङ र मोरङ सुन्दरहरैँचा घर भएका सरोज तामाङलाई आरोपितका रुपमा ‘कोर्ट मार्सल’ गरे। ‘उनीहरुलाई कोर्ट मार्सलपछि जेल पठाइएको हो’, सैनिक सूत्र भन्छ, ‘यो घटनामा उनीहरुले आफूलाई फसाउन खोजेको बयान दिएका थिए। तर कहीँ कतै सुनुवाइ भएन।’

corrent noodles
Metro Mart

आरोपित सैनिक लब र सरोजको परिवारले पनि त्यतिबेलै आफ्ना परिवारका सदस्यहरुमाथि सैनिक सेवाभित्र षड्यन्त्र भएको बताएका थिए। यो घटनामा व्यक्तिगत रिसिबी र अरु घटनाहरुको प्रतिशोध साँधिएको भनाइ उनीहरुको थियो।

‘गन चोरी भएको घटना त बहाना मात्र हो। हाम्रा दुई सैनिकले फोकटमा दुई वर्षदेखि जेल जीवन बिताइरहेका छन्,’ पीडित परिवारका एक सदस्यले नेपाल समयलाई भने, ‘सेनाभित्र हाकिम रिझाउन सकिएन भने कतिसम्म अन्याय हुने रहेछ भन्ने कुरा यो घटनाबाट प्रष्ट हुन्छ।’

परिवारका सदस्यका अनुसार साउन २०७५ मा लव शान्ति मिसनमा गएर फर्किएका थिए। उनीहरुको दरबन्दी कालीबहादुर गण थियो। नेपाली सेनामा मिसनबाट फर्केपछि तत्कालीन मेजर श्रेष्ठसँग लबको सम्बन्ध चिसिएको बताइएको छ।

‘खासमा सेनाभित्र मिसनबाट फर्केका सैनिकहरुले आफ्ना हाकिमलाई उपहार, पैसा र पार्टी दिने चलन हुन्छ। तर उनीहरुको सम्बन्धका कारण गुरुङले पार्टी दिन मानेनन्,' परिवारका ती सदस्यले जानकारी दिए। तर यही घटना नै उनीहरुका लागि षड्यन्त्रको जग बन्यो।’ 

दुई वर्षअघि कालीबहादुर गणबाट हराएको भनिएको एसएमजीको साइनो हालैको एक हत्याकाण्डसँग जोडिएकाले घटना अनुसन्धान गरेको प्रहरीले जेलमा रहेका ती सैनिकहरु निर्दोष हुनसक्ने बताएको छ। ‘हामीले बाहिर बोल्ने कुरा पनि भएन। तर सेना आफै‌ले अनुसन्धान गरेमा ती सैनिकहरु निर्दाेष ठहर हुन सक्छन्’, एक प्रहरीले भने।

ब्यारेकबाट हराएको भनिएको सोही हतियार ७ साउनमा चितवनमा भएको हत्याकाण्डमा प्रयोग भएको पाइएपछि पुरानो घटनाको नयाँ पटाक्षेप सतहमा आएको हो। ७ साउनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भयो। चितवन भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका गुरुङलाई आफ्नै साथी सैनिक जवान गंगाधर ढकालले एसएमजीले हानेर हत्या गरेको चितवन प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिइसकेको छ।

गुरुङको हत्यामा दुई वर्षअघि हराएको एसएमजी ‘गन’ नै प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हराएको गन र गुरुङको हत्यामा प्रयोग भएको गनको लट नम्बर एउटै रहेको सुरक्षा स्रोतको भनाइ छ।

यतिसम्म कि घटनाका अभियुक्त सैनिक ढकालले सो हतियार दुई वर्षअघि कालीबहादुर गणबाट चोरेको स्वीकार गरेका पनि छन्। बयानमा उनले भनेका छन्, ‘त्यो हतियार मैले चोरेको हतियार हो।’

अभियुक्त ढकालको बयान र गन चोरीको नयाँ कोण बाहिर आएपछि नेपाली सेना यो घटनालाई लिएर तरंगित बनेको छ। जेलमा भएका दुई सैनिकहरु निर्दोष रहेका भन्दै सेनाभित्र पनि तत्कालिन मेजर श्रेष्ठप्रति असन्तुष्टि बढेको छ। तर घटनालाई सैनिक मुख्यालयले कसरी हेर्ने र यसबारे पुनः परीक्षण गर्ने कि नगर्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय भने गरेको छैन।

प्रकाशित: Aug 13, 2021| 12:21 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।