काठमाडौं- राजधानीको बत्तीसपुतलीस्थित होटेल मिराजमा जुवा खेलिरहेको अवस्थामा १३ जना व्यापारी पक्राउ गरेका छन् ।
प्रहरीले उनीहरूको साथबाट सात लाख ६० रुपैयाँ बरामद गरेको छ । उनीहरूलाई सार्वजनिक हितविपरीत र नैतिक आचरणविपरीत जुवा ऐनअनुसार मुद्दा चलाउने महानगरी प्रहरी परिसरका प्रवक्ता डिएसपी हबिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले व्यापारीको नाम भने सार्वजनिक गरेको छैन । गोप्य सूचनाका आधारमा प्रहरीले तीनतारे उक्त होटलमा शनिबार साँझ छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा मनोजकुमार चित्लाङ्गे, विजय अग्रवाल, राजकुमार चौधरी, देवकुमार अग्रवाल, गौरवकुमार अग्रवाल, सुरेशकुमार कलान, राजकुमार अग्रवाल, दिनेशकुमार अग्रवाल, रवी नेमानी, जगदीश कुमार, मनिषकुमार नेमानी, विकासकुमार नेमानी र मनोजकुमार टिटुवाल छन्। उनीहरूको साथबाट सात लाख ६१ हजार एक सय ९० नेपाली रूपैयाँ र एकहजार आठ सय ८० भारतीय रुपँये बरामद गरिएको छ । उनीहरुलार्इ प्रहरी वृत्त गौशालामा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४