शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुकुममा बन्दुक र खुकुरीले हानेर श्रीमती र छोराको हत्या 

रुकुममा बन्दुक र खुकुरीले हानेर श्रीमती र छोराको हत्या 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुकुम- रुकुम पश्चिमको त्रिवेणी गाउँपाकिला १ बल्लेजुरामा एक ब्यक्तिले आफ्नै श्रीमति र छोराका हत्या गरेका छन् । ४९ वर्षीय सत्तबहादुर बुढाले भरुवा बन्दुर खुकुरीको प्रयोग गरि श्रीमती र छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ । 

आइतबार बिहान साढे ७ बजे घरायसी विवाद भएपछि बुढाले ४२ वर्षकी श्रीमती इन्द्रकला र ११ वर्षीय छोरा स्वयमप्रकाशको हत्या गरेको प्रहरीले बताएको छ । बुढाले श्रीमती इन्द्रकलाको छातीमा गाली हानेका छन् भने छोरा स्वयमप्रकाशको खुकुरीले हानेर टाउको छिनाएको प्रहरीले बताएको छ। 

हत्यारा बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भएको छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।