आइतबार, वैशाख ७, २०८२

नेकपाका नेताको तीनपुस्ते खोज्दै चीन 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
काठमाडौं-  पछिल्लो समय नेपालमा चिनियाँ चासो बढिरहेको टिप्पणी नयाँ होइन। नेपाली नेताहरूको बाक्लिँदो चीन भ्रमण, नेपालको विकास निर्माणमा बढ्दो चिनियाँ सहयोग र दुई देशबीच थप सुदृढ हुँदै गएको कूटनीतिक सम्बन्धका कारण चिनियाँ चासो बढेको टिप्पणी भइरहेको देखिन्छ । नेपालका दुई ठूला कम्युनिस्ट पार्टी मिलेर बनेको नेकपाको सरकार गठनपछि नेपाली नेताहरूको चीन भ्रमण  बाक्लिएको छ । 

दक्षिण र दक्षिण पूर्वी एसियामा चीनको प्रभाव कम गर्न भारतको भूमिका महत्त्वपूर्ण हुने सन्देश अमेरिकाले दिइरहेका बेला विश्वको दोस्रो ठूलो आर्थिक शक्ति चीनले नेपालको भूराजनीतिक अवस्थिति र सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक लिएको स्पष्ट हुन्छ । नेपाली राजनीतिमा भारतीय हस्तक्षेपबारे हुने टिप्पणीका विषयमा पनि चीन जानकार छ। चीनले पछिल्लो समय नेपालप्रति देखाएको लचकता र विकास निर्माणमा गरेको सहयोगबाट के बुझ्न सकिन्छ भने ऊ भारतलगायत अन्तर्राष्ट्रिय शक्तिलाई नेपालमा आफ्नो उपस्थिति बलियो रहेको देखाउन चाहन्छ ।

यतिबेला नेपालमा आफ्नो उपस्थितिलाई थप प्रभावकारी बनाउन र राजनीतिक व्यक्तिको चरित्र बुझ्न चीनले नयाँ रणनीति अपनाइरहेको छ। जुन हो, नेपाली नेताको तीनपुस्ते विवरण संकलन। कूटनीतिमा विश्वमै चतुर मानिने चीनले अहिले नेकपा स्थायी कमिटी सदस्य र केन्द्रीय स्तरका महत्त्वपूर्ण नेताहरूको तीनपुस्ते विवरण संकलन गरिरहेको खुलासा भएको छ। अतिशक्तिशाली उच्च प्रविधियुक्त अमेरिका र युरोपजस्ता मुलुकले बुझ्न नसकेको चिनियाँ मौन कूटनीतिको जालमा परेर हाम्रा नेताहरूले धमाधम तीनपुस्ते विवरण उपलब्ध गराइरहेका छन्। 

चीन सरकारले नेकपाका नेताको तीनपुस्ते संकलन गर्ने जिम्मेवारी कुनै खास संस्थालाई सुम्पेको छैन। त्यसको जिम्मेवारी विभिन्न विश्वविद्यालयका प्राध्यापकलाई दिएको छ। यस्तै चीनमा छात्रवृत्तिमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीबाट पनि विवरण लिने काम गरिरहेको छ। 

दक्षिण एसियामा आफ्नो ‘सफ्ट पावर’ विस्तार गर्न चीनले बर्सेनि यस क्षेत्रका करिब १० हजार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। यसरी छात्रवृत्तिमा चीन अध्ययन गर्न जानेमा नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र अन्य केही मुलुकका विद्यार्थी छन् । भारतले यसमा अघोषित बन्देज लगाएको छ। 

नेपालका वार्षिक सरदर एक सय जना विद्यार्थीलाई चीन सरकारले स्थापना गरेको कोषबाट छात्रवृत्ति प्रदान गर्दै आएको छ। यसबाहेक विभिन्न विश्वविद्यालय तथा नेताहरूको पहुँचका आधारमा र अन्य विभिन्न माध्यमबाट वार्षिक सयौं विद्यार्थी चीनमा छात्रवृत्तिमा अध्ययन गर्न गइरहेका छन्।

पछिल्लो तथ्यांकअनुसार चीन सरकारको प्रत्यक्ष-परोक्ष छात्रवृत्तिमा चार सय जति नेपाली विद्यार्थी चीनमा अध्ययन गरिरहेका छन्। ती विद्यार्थीमध्ये अधिकांश नेकपा नेताका छोराछोरी तथा आफन्त रहेको नेकपाकै एक उस्तरीय नेताले नेपाल समयलाई बताए ।

नेपालमा आफ्नो उपस्थितिलाई थप प्रभावकारी बनाउन र राजनीतिक व्यक्तिको चरित्र बुझ्न चीनले नयाँ रणनीति अपनाइरहेको छ। जुन हो, नेपाली नेताको तीनपुस्ते विवरण संकलन। कूटनीतिमा विश्वमै चतुर मानिने चीनले अहिले नेकपा स्थायी कमिटी सदस्य र केन्द्रीय स्तरका महत्त्वपूर्ण नेताहरूको तीनपुस्ते विवरण संकलन गरिरहेको खुलासा भएको छ।


चीनलाई किन चाहियो नेकपाको तीनपुस्ते ?

कम बोल्ने, कम खुल्ने र धेरै काम गर्ने चिनियाँ कूटनीतिक शैलीबमोजिम चीनले नेपाललगायतका राष्ट्रमा सफ्ट पावर विस्तार गर्ने माध्यम अध्ययन छात्रवृत्तिलाई बनाएको छ। महाशक्तिका रूपमा उदीयमान चीनले नेकपाका नेताको तीनपुस्ते व्यक्तिगत विवरण संकलन गर्नुलाई अर्थपूर्ण रूपमा लिनुपर्ने कूटनीतिज्ञहरूको सुझाव छ।

कूटनीतिज्ञका अनुसार नेपाली राजनीतिमा भारतीय दलालहरूको बाक्लो घुसपैठ रहेको चीन सरकारका नेपालस्थित एजेन्सीहरूलाई राम्रोसित जानकारी छ। त्यसैले कुन नेताले वा नेताका आफन्तले कोसँग किन र कुन संस्थाबाट के सहयोग वा अन्य केही उपहार लिन्छन् भन्ने जानकारी राख्न चीनले विवरण संकलन गरिरहेको छ। 

सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएको नेपालका माध्यमबाट नै चीनले बाह्य मुलुकसँगको सम्बन्ध विस्तार गर्दै यसलाई भरपर्दो बनाएको चाइना पब्लिक डिप्लोमेसी एसोसिएसनका उपाध्यक्ष हु ज्याङ्वेले बताएका छन्। उनका अनुसार कुनै बेला चीनको ढोका विश्वका लागि बन्द थियो  । संसारले उसलाई एक्ल्याउन खोजेको थियो। तर नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना बाह्य जगत्सँग जोड्ने सेतु बन्यो । अहिले समय फेरिएको छ, सँगसँगै शैली र दृष्टिकोणमा पनि परिवर्तन आएको छ। 

चीन अहिले विश्वलाई ‘लिड’ गर्ने योजनाअनुरूप अघि बढिरहेको छ भने नेपाल अझै राजनीतिक अस्थिरताको गन्जागोलमै छ। तर पनि चीनले नेपाल र यहाँको सत्तारूढ दलका नेताहरूको तीनपुस्ते संकलन गर्नुलाई गम्भीरतापूर्वक लिनुपर्छ। 

नेपालका कम्युनिस्टहरूले आफूहरू पनि कम्युनिस्ट भएको भन्दै विभिन्न लाभ लिने गरेकाले उनीहरूको गतिविधिमा निगरानी राख्न चीनले यस्तो गरिरहेको कूटनीतिज्ञहरूले बताएका छन्। कम्युनिस्टका नाममा लाभ लिएर त्यसलाई ‘फ्री तिब्बत अभियान’ मा प्रयोग गरिरहेका त छैनन् भन्ने विषयमा पनि निगरानी राख्न चीनले यसरी विवरण संकलन गरिरहेको बताइएको छ। 

कूटनीतिज्ञका अनुसार महाशक्ति राष्ट्रलाई छिमेकी मुलुकका केही आधारभूत जानकारी आवश्यक पर्छन् । ती यस प्रकार छन् ः

- सीमा जोडिएका छिमेकी मुलुकसँगको सम्बन्ध ।

- ती मुलुकमा भएका संघसंस्थाका पदाधिकारीको प्रवृत्ति, सोच एवं गतिविधि ।

- ती मुलुकका नागरिकको जातीय, सांस्कृतिक एवं धार्मिक चरित्र ।

- आफ्नो नजिकका प्रतिद्वन्द्वी मुलुकले गर्ने व्यवहार र त्यस मुलुकका शीर्ष व्यक्तिका अभिव्यक्ति । 

यी विषयको पूर्ण जानकारी हुनेबित्तिकै शक्तिशाली मुलुले कमजोर मुलुकलाई जसरी पनि प्रयोग गर्नेसक्ने क्षमता राख्छन्। 

महाशक्ति राष्ट्र बन्ने होडमा रहेका राष्ट्रहरूले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई सुरक्षित राख्न यसरी छिमेकी देशका राजनीतिक नेताकार्यकर्ताको विवरण राख्ने गर्छन् र उनीहरूले आफ्नो देशको सरकारविरोधी गतिविधिलाई समर्थन गर्न नैतिक रूपमा बाध्य पार्छन् । साथै उनीहरूलाई नैतिक रूपमा दबाब दिएर आफ्नो नीति तथा योजना लागू गराउन बाध्य पार्न पनि यसरी विवरण संकलन गर्ने गरेको पाइन्छ।

भारत सरकार र त्यहाँको शक्तिशाली पार्टी नेपाली राजनीतिमा प्रत्यक्ष परोक्ष भूमिका खेलेर यहाँको अस्थिर राजनीतिमा रमाउने गरेका छन् । भविष्यमा चीनले पनि यसरी नै नेपाली राजनीति र सरकार तथा सरकारका नीनितिनियममा आफ्नो हस्तक्षेप थप बढाउन सक्छ।


अन्तर्राष्ट्रिय अभ्यास

तत्कालीन सोभियत संघमा समाजवादी सरकार टिकाइराख्न  कम्युनिस्ट पार्टीले पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य र चर्चित नेताकार्यकर्ताहरूको सुराकी गरेर व्यक्तिगत विवरण संकलन गथ्र्याे। त्यस्तै दुईबीचको विश्वास जितेर दलालीको काम गर्ने र दुवैतिरबाट फाइदा लिने छिमेकी मुलुकका प्रमुख दलका नेताकार्यकर्ताहरूको विवरण संकलन गरेको थियो। तत्कालीन नेता स्टालिनको तदारुकतामै नेताकार्यकर्ताका व्यक्तिगत विवरण संकलन गरिएको थियो।

आन्तरिक रूपमा साथीहरूको व्यक्तिगत विवरण थाहा पाइसकेपछि स्टालिनले बोल्सेभिक पार्टीका नेताकार्यकर्तालाई सिध्याउने काम गरेका थिए। अन्य देशमा पनि सोभियत संघको कम्युनिस्ट पार्टीको सरकारविरोधी सबै राजनीतिक नेताकार्यकर्ताको व्यक्तिगत विवरण संकलन गरिएकाले छिमेकी मुलुकका स्टालिनविरोधी नेताहरू त्रसित भएर सरकारको समर्थन गर्न बाध्य भएका थिए। 

कम्युनिस्ट पार्टीले मात्रै व्यक्तिगत विवरण खोज्छन् त ?

कम्युनिस्ट प्रभुत्व भएको तत्कालीन सोभियत संघ र वर्तमान चीनले मात्र होइन प्रजातान्त्रिक राष्ट्र संयुक्त राष्ट्र अमेरिकाले पनि आफूले आर्थिक सहयोग गर्ने मुलुकका राजनीतिक नेताहरू तथा विशिष्ट व्यक्तिहरूको व्यक्तिगत विवरण संकलन गर्दै आएको छ। 

अमेरिकाले एसिया तथा दक्षिण एसियाका राष्ट्रहरूमा विभिन्न शीर्षमा आर्थिक सहयोग गर्दै आएको छ । त्यसैले उसको चासो बढ्नु स्वाभिकै हो । उसले नेताहरूको विवरण संकलन गर्ने कुनै गुप्तचर संस्था भने खटाएको देखिँदैन। तर उसको सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजना, एनजिओ, आइएनजिओ, विदेश मन्त्रालयअन्तर्गतका एजेन्सीहरूको प्रयोग गरेर राजनीतिक पार्टीका नेताहरूको विवरण संकलन गर्दै आएको छ।

नेताहरूको विवरण संकलन गर्न चीनले भर्खरै थालेको हो । भारतले त नेपालका विभिन्न पार्टीका नेताहरूको विवरण धेरै पहिलेदेखि नै संकलन गर्दै आएको छ। नेपालमा राणाशासन अन्त्यपछि भारतले राजदूतका माध्यमबाट दलहरूलाई उतैतिर दीक्षित गर्ने र ती नेताकार्यकर्तामार्फत विवरण संकलन गर्न थालेको हो। 

भारतीय गुप्तचर संस्था र (रिसर्च एनालिसस् विङ) ले धेरै पहिलेदेखि नै नेपालका नेताहरूको विवरण संकलन गर्दै आएको छ। रले कुनै पार्टी वा व्यक्ति विशेषभन्दा पनि भारतविरोधी हरेक व्यक्तिको विवरण संकलन गर्छ । उसले तत्कालीन राजसंस्था निकट व्यक्ति, कुनै जाति, धर्म वा समुदाय विशेषको प्रतिनिधित्व गर्ने र भारतविरोधी गतिविधि गर्ने व्यक्तिको विवरण संकलन गर्दै आएको छ। 

रले नेपालका प्राध्यापक, पत्रकार, अनुसन्धानकर्ता, भारतले छात्रवृत्ति दिएर अध्ययन गरेका छात्रछात्रा, परराष्ट्रका कर्मचारी, भारत नेपालसँग सम्बन्धित भएर रहने निकायहरू जस्तै ः वित्तीय संस्थामा काम गर्ने कर्मचारी, भारतको सौजन्यमा सञ्चालनमा रहेका कम्पनीका निर्देशकहरूका  माध्यमबाट विवरण संकलन गर्ने गरेको छ। यस्तो विवरण संकलनमा भारतीय व्यक्तिको एकदमै न्यून सहभागी हुने गरेका छन्। 

भारत सरकार र त्यहाँको शक्तिशाली पार्टी नेपाली राजनीतिमा प्रत्यक्ष परोक्ष भूमिका खेलेर यहाँको अस्थिर राजनीतिमा रमाउने गरेका छन् । भविष्यमा चीनले पनि यसरी नै नेपाली राजनीति र सरकार तथा सरकारका नीनितिनियममा आफ्नो हस्तक्षेप थप बढाउन सक्छ।  (स्रोतहरू संवेदनशील भएकाले सबै गोप्य राखिएका छन्।) 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।