भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ नमूनाबस्तीमा पानी ट्याङ्करले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।
बा ४ ख ४२१४ को पानी ट्याङ्करले ठक्कर दिँदा तेह्रथुम घर भई गठ्ठाघर बस्ने ७८ वर्षीय नेत्रप्रसाद पराजुलीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।
ठक्करबाट घाइते पराजुलीको उपचारको क्रममा अाइतबार बिहान ८ बजे मृत्यु भएको र ठक्कर दिने ट्याङ्कर चालक भने फरार रहेको उनले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४