सोमबार, चैत २, २०८२

मालदिभ्सका राष्ट्रपतिकाे सपथमा किन पुगे मोदी ?  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
कोलम्बो- सेप्टेम्बरमा भएको मालदिभ्सको राष्ट्रपतीय निर्वाचनमा बहुमतप्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले राष्ट्रपतिका रूपमा सपथ लिएका छन्। 

राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आयोजना भएको संसदको विशेष समारोहमा सोलिहले शनिबार सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका विदेशमन्त्री लु शुगाङलगायत स्वदेशी तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको थियो । 

मालदिभ्सका शक्तिशाली नेता अब्दुल्लाह यमीनलाई पराजित गर्दै उनकाे राष्ट्रपतिमा निर्वाचित भएका थिए । यमीनलाई चीनको बलियो समर्थन रहेको थियो भने सोलिहलाई भारतीय समर्थन रहेको बताउने गरिन्छ । 

माल्दिभ्सको तत्कालिन राष्ट्रपति यमीनले प्रतिपक्षी दलका चर्चित नेता विभिन्न अभियोगमा जेल र विदेश निर्वासनमा रहेका समय भएको निर्वाचनमा खासै चर्चा नपाएका ५४ बर्षीय सोलिहले यमीनको अपेक्षा विपरित निर्वाचनमा बहुमत पाएका थिए । 



मालदिभ्सले झण्डै ८० प्रतिशतभन्दा बढी कर्जा चीनसँग लिएको अवस्थामा भारत तथा यूरोपेली मुलुकहरूको समर्थन रहेका सोलिहको सत्ता आगमनलाई विशेष चासोका साथ हेरिएको छ । एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।