आइतबार, असोज ४, २०८३

पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


मिलान (एजेन्सी)- शनिबार राति भएको युइएफए नेसन्स लिग फुटबलमा इटालीसँग बराबरी खेल्दै पोर्चुगल लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर स्टार क्रिस्टियानो रोनाल्डोविना नै मैदानमा उत्रेको पोर्चुगल इटालीसँग गोलरहित बराबरी खेलेपनि सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । 

घरेलु मैदानमा भएको खेलको खेलको पाँचौ मिनेटमा नै इटालीले अग्रता लिने मौका खेर फाल्दा खेल गोल रहित बराबरीमा रोकिन पुगेको थियो । चिरो इम्मोबिलेले चार यार्डबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

 दोस्रो हाफमा घरेलु टोलीले बल नियन्त्रणमा राखेपनि गोल गर्न सकेन । यता पोर्चुगलले पनि पहिलो हाफको तुलनामा दोस्रो हाफमा केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन् । पोर्चुगलले एक खेल खेल्न बाँकी छदै नेसन्स लिग ए को समूह ३ मा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्दा, इटाली समूह उपविजेता बनेको छ । 

पोल्यान्ड भने पुछारमा रहँदै रेलिगेसनमा परेको छ । रोनाल्डाको अनुपस्थितिमा पनि पोर्चुगलले पछिल्ला ५ मध्ये ३ खेलमा जित हात पारेको छ । क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिँदा त्यसयता पोर्चुगलले इटालीलाई १-०, पोल्यान्डलाई ३-२ र स्कटल्यान्डलाई ३-१ ले पराजित गरेको गरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।