बुधबार, मंसिर ३, २०८२

अविच्यूरी

सम्झनामा राजेश्वर नेपाली

म पनि ढुक्कै उनको छेउमा बस्न पुग्थें। लाग्थ्यो- मेरो 'हाइट' अलिकति बढेको छ।
 |  मंगलबार, भदौ १२, २०८०

विजेता

विजेता

मंगलबार, भदौ १२, २०८०

उनी एक ‘इन्साइक्लोपिडिया’ थिए। मैले यसै अर्थमा चिनें। कहिल्यै नथाक्ने, नझुक्ने एक लामो यात्राका बटुवा।

National life

नेपाली पत्रकारिता र राजनीतिको जिउँदो इतिहास रहेका वरिष्ठ पत्रकार–साहित्यकार र राजनीतिका प्रखर विश्लेषक राजेश्वर नेपाली अनन्तमा विलिन भएका छन्। र यसरी पत्रकारिताको एक युगको अन्त्य भएको छ।

सोमबार ८० वर्षको उमेरमा उनले दुनियाँलाई सधैंको लागि अलविदा भने। क्यान्सर रोगबाट पीडित रहेका नेपाली लामो समयदेखि अस्वस्थ थिए। उनी प्रजातान्त्रिक योद्धामात्र थिएनन् तराईमा पत्रकारिताको जग बसाल्ने एक पिता पनि थिए भने मैथिली तथा हिन्दी साहित्यका अग्रणी थिए।

उनमा देश विदेशको प्रायः सबै घटनाक्रम र परिस्थितिको जानकारी व्यवस्थित राख्ने विशेष क्षमता थियो। उनी लेखेर राख्थेनन् त्यसै धाराप्रवाह बोल्थे र सत्य-तथ्य बोल्थे। तिथि मिति अकाट्य हुन्थ्यो।
उनलाई जतिबेला जे विषयमा बोल्न भने पनि बिना पूर्व तयारी उत्कृष्ट बोलेर मञ्च जित्थे। उनको वास्तविक नाम राजेश्वर साह हो तर विद्यार्थी जीवनमै विनोबा भावेको ‘जय जगत’किताब पढेर यति प्रभावित भए कि आफ्नो नाम राजेश्वर नेपाली लेख्न थालेका थिए।

२०६० सालतिरको कुरा हो, त्यतिबेला धनुषा जिल्लाबाट मैले व्यावसायिक पत्रकारिताको सुरुवात गरिसकेकी थिएँ। यसअघि ०५८ देखि नै स्थानीय पत्रपत्रिकाहरुमा लेख–रचनाहरु लेखे पनि राष्ट्रिय दैनिकमा जिल्ला संवाददाता भएर काम गरेको ०६० ताका नै हो। त्यतिबेला जनकपुरमा हुने कुनै पनि कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपाली छुट्दैनथिए।

Laxmi sunrise bank
kumari

सम्भवतः साहित्यको कुनै कार्यक्रम थियो जसमा मैले पहिलोपटक उहाँलाई देखेको थिएँ। उनी सेतो–स्वच्छ धोती–कुर्ता र घाँटीमा सेतै गम्छा बेरेर मेरै छेउमा बस्न आइपुगेका थिए। मुसुमुसु हाँसिरहने, श्वेत वस्त्रधारी उनको छवि विशिष्ठ थियो। उनले मलाई स्नेहले हेरे मैले सबैले जस्तै नमस्कार गरें। तर हाम्रो बोलचाल त्यतिबेला हुन सकेन।

कार्यक्रम सुरु भएपछि उनी मञ्चमा बोलाइए र त्यतिबेलै पहिलोपटक मैले मेरो सानो नोटप्याडमा नाम टिपें ‘वरिष्ठ पत्रकार राजेश्वर नेपाली’।

जब उनी बोल्न थाले सारा सभामा शान्ति छायो। पूरै साहित्यको इतिहास नै कण्ठ भएजस्तै उनी तिथिमिति, समय, सन्दर्भ र व्यक्तिको विषयमा यसरी धाराप्रवाह बोलिरहेका थिए मानौं रटेको कुनै कविता वाचन गरिरहेका थिए। म अवाक् भएँ। एक प्रकारले उनको कायल नै भएँ।

एउटा कागजको चिर्कटोसमेत नहेरी यति धेरै जानकारी र कुरा बोल्ने उनी अद्भूत क्षमताका धनी लागे। उनी लामो समय बोले। विस्तारै बोल्न सुरु गरेको उनको बोली विस्तारै प्रखर हुँदै गएको थियो। उनलाई त माइक पनि नचाहिने। उनको बोली नै काफी थियो।

उनले बोलेका एक–एक कुरा टिप्ने रहर थियो तर त्यतिबेला रेकर्ड गर्नलाई अहिलेको जस्तो मोबाइलको सुविधा थिएन। सानो वाकीटकीजस्तो रेकर्डर आए पनि मलाई त्यतिबेलासम्म मिडिया हाउसले दिएको थिएन। मैले टिपोटकै आधारमा सबै रिपोर्टिङ गर्दै आएको थिएँ। तर उनको विचारलाई उस्तै लयमा टिप्ने क्षमता मेरो पनि थिएन। उनी बेगवान बोल्थे।

त्यसपछिका प्रायः कार्यक्रम र सभा समारोहमा हाम्रो भेट हुन थाल्यो। उनले मलाई सधैं स्नेह गरे। मैले उनमा सधैं अभिभावकको छवि देखें। हामी एकअर्कासँग यति चाँडै घनिष्ट भयौं कि कुनै कार्यक्रममा पुग्दा मलाई आफू छेउ बस्न आग्रह गर्थे। र म पनि ढुक्कै उनको छेउमा बस्न पुग्थें। लाग्थ्यो मेरो ‘हाइट’ अलिकति बढेको छ।

उनीसँगै बस्नुको कारण थियो, त्यहाँ हुने प्रायः कार्यक्रमहरुमा म एक्लै हुनु। प्रायः पुरुषले भरिएको सभाहलहरुमा एकाध महिला हुन्थे तर कुनै दिन एक्लै परिन्थ्यो। यस्तोमा सधैं बोलिरहने हामी दुवै वरिष्ठ र कनिष्ठ एक प्रकारले साथी नै थियौं।

सम्झिन्छु, म पनि निक्कै बोलक्कड र अपरिपक्व थिएँ त्यतिबेला। उनले मेरो धेरै कुरामा ठहाका लगाएर हाँसेको आाजै जस्तो लाग्छ तर उनको त्यो हाँसिरहने अनुहार सधैंको लागि विलिन भएको छ। जहाँ जाँदा पनि उनले पाउने मानसम्मान विशिष्ठ थियो। विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत उनै नेपालीलाई आज पत्रकार महासंघ मधेश प्रदेशले महासंघको झण्डा ओढाइ अन्तिम विदाइ गरेको छ।

प्रकाशित: Aug 29, 2023| 14:19 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बिरानो बन्यो मेची पारिको नेपाल

बिरामी पर्दा उपचारका लागि मात्र होइन, कक्षा तीनदेखि माथिल्लो तहको शिक्षाका लागि बालबालिका समेत भारत नै धाउनुपर्ने यहाँको बाध्यता छ।

बालबालिकालाई नेपालको महिमा पढाउनुपर्छ

आधुनिक प्रविधिको प्रभाव, प्रवासी जीवनशैलीको आकर्षण र सामाजिक सञ्जालको प्रभावले आजका बालबालिकाको ध्यान आफ्नो देश र संस्कृतिप्रति कमजोर बनाउँदैछ। यस्तो परिस्थितिमा नेपालको गौरव, मौलिकता र...

सडकको चर्को आवाज, संवादको मौनता

शिक्षकदेखि राजनीतिक दलसम्मको आन्दोलन यात्रा-आर्थिक क्षति, सामाजिक तनाव र शैक्षिक अवरोधको आत्मस्वीकृति, अब विश्वका सफल उदाहरणबाट सिक्दै संवादलाई संस्थागत गर्ने समय आएको छ।

अटिजम रोग होइन, लुकाउनु हुँदैन

यसलाई 'न्यूरो डेभलपमेन्ट डिसअर्डर' पनि भनिन्छ। अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ। जसले गर्दा उनीहरु...