सोमबार, चैत २, २०८२

स्तानबुलमा पत्रकार खशोग्गीको अन्त्येष्टि सभा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
स्तानबुल- टर्कीको स्तानबुलमा हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्गीको स्मृतिमा शुक्रबार अन्त्येष्टि सभा गरिएको छ। 

सभामा राजनीतिक व्यक्ति, पत्रकार खसोग्गीका साथीहरू, शुभेच्छुक तथा समर्थकलगायत गरी झण्डै ५०० जना सहभागी थिए। विश्वका विभिन्न ठाउँबाट आएका ती व्यक्तिहरू फतिह मस्जीदमा भेला भएका थिए । उनीहरुले पत्रकार खशोग्गीलाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए। 

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाआनका वरिष्ठ सल्लाहकार यासिन अक्तायले अन्त्येष्टि सभामा बोल्दै हत्या गरिएका पत्रकार जमाललाई न्याय दिन आह्वान गरे। 

Hatice Cengiz, the Turkish fiancee (left) of killed Saudi journalist Jamal Khashoggi weeps during a commemoration event in Istanbul. She is pictured here seated next to Yemeni human rights activist Tawakkol Karman (right), who won the 2011 Nobel Peace Prize for her participation in the Arab Spring uprisings

साउदी पत्रकार खशोग्गी कामको सिलसिलामा इस्तानबुल आएका बेला गत अक्टोबर २ तारिखका दिन हत्या भएको थियो। उनको शवसमेत अहिलेसम्म बेपत्ता रहेको छ। 

स्तानबुलका प्रमुख अभियोक्ताका अनुसार पत्रकार खशोग्गीको शव वेपत्ता पारेर नष्ट गरिसकिएको छ। बिहीबार मात्रै साउदी अरबका सार्वजनिक अभियोक्ताले पाँच जनालाई यस घटनामा दोषी रहेको दावी सहित मृत्युदण्ड दिन माग गर्नुभएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।