आइतबार, चैत ८, २०८२

पोखराका २५ सय पर्यटनकर्मीले पहिलो चरणको खोप लगाए

पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

पोखरा- पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। 

National life

पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सघं संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाइएको  परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए। 

उनका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो। प्रत्येक खोप केन्द्रमा ५०० खोपको व्यवस्था गरिएको शर्माले बताए।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले निकै लामो समयको प्रयासपछि पहिलो चरणको खोप सरकारले पर्यटन क्षेत्रलाई दुई हजार ५०० खोप छुट्याएको बताए। ‘हामीले निकै लामो समयदेखि तीन तहकै सरकारलाई खोपको माग गर्दै आएका थियौँ, अहिले पहिलो चरणमा जम्मा दुई हजार ५०० खोप उपलब्ध भयो’, भट्टराईले भने।  

उनले पहिलो चरणको खोप अग्रमोर्चामा खटिने मजदुर, कर्मचारी र व्यवसायीलाई प्रबन्ध गरिएको जानकारी दिए। उनले अहिले लगाइएको खोप पर्याप्त नभएको बताउदै पुनः बाँकी पर्यटनकर्मीका लागि पनि सरकारले छिटो खोप उपलब्ध गराउनेमा आशावादी रहेको बताए।  उनका अनुसार पोखरामा २० हजारभन्दा बढी पर्यटन क्षेत्रमा आबद्ध छन्। 

Laxmi sunrise bank
kumari

गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकमार थापाले खोपकेन्द्रको संयुक्त अनुगमन गरेका थिए। मन्त्री कँडेलले पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रलाई प्राथमिकता राखेको जनाउँदै छिट्टै बाँकी पर्यटनकर्मीका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।

परिषद्ले पर्यटनकर्मीलाई खोपको सुनिश्चितता नभएसम्म पर्यटन व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले ‘नो भ्याक्सिन, नो टुरिज’ भन्दै सामाजिक सञ्जाललगायत जिल्ला प्रशासन अगाडि विभिन्न चरणमा दबाबमूलक आन्दोलनसमेत गरेको थियो। रासस

प्रकाशित: Aug 13, 2021| 11:15 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्