धनगढी- कैलालीको सदरमुकाम धनगढीमा एक जना युवकको विभत्स हत्या गरिएको छ। खुला सडकमा हत्या गरिएका युवकको शव घिसारिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी भ्यानले फेला पारेको थियो।
तत्काल प्रहरीले कारबाही गर्ने क्रममा शव घिसारिरहेका धनगढी उपमहानगरपालिका वडा नम्वर ४ कै आषिश सेटी भाग्ने क्रममा घाइते भएका छन्। उनी अहिले प्रहरी नियन्त्रणमा छन्। हत्या गरिएका धनगढी उपमहानगरपालिका ४ का २७ वर्षीय विजय थापाको शव पोष्टमार्टमका लागि अञ्चल अस्पतालमै राखिएको छ। शव रगत पुरै लतपतिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै जना लागुऔषधका दुर्व्यसनी हुन्।
घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि वलीले बताए। घटनास्थललाई शुक्रवार राति सुरक्षा दिएको प्रहरीले अहिले मुचुल्का उठाउने तयारी गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४